महेन्द्रनगर: सामाजिक विकास कार्यालय कञ्चनपुरको सहयोग तथा सहयात्रा नेपालको आयोजनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत मानसिक स्वास्थ्यसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।

महेन्द्रनगरस्थित होटल नाइन इलेभेनको सभाहलमा आयोजित उक्त तालिममा कञ्चनपुर जिल्लाका नौवटै स्थानीय तहबाट आएका सहभागीहरूसहित आयोजक पक्षका प्रतिनिधि गरी जम्मा ५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा ४३ जना सहभागी प्रत्यक्ष रूपमा लाभान्वित भएका आयोजकले बताएको बताए।

तालिममा प्रशिक्षक धनबहादुर चौधरी र हेमराज जोशीले मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोग, तनाव व्यवस्थापन तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी विषयमा सहजीकरण तथा प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले सामना गर्ने मानसिक तथा सामाजिक चुनौतीहरूबारे जानकारी दिँदै सकारात्मक सोच, आत्मसम्मान र मानसिक सुदृढीकरणका उपायहरूबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।

सहयात्रा नेपालका कार्यक्रम संयोजक चाल्स बोन सिजापति का अनुसार तालिमले समुदायका सदस्यहरूको मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान, सचेतना तथा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। उहाँले भन्नू भयो, यस्ता कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सशक्तीकरण तथा सामाजिक समावेशीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत गर्नुभयो।






