महाकाली नदीमा निर्माणाधीन बाँधको सांसद महता सहितको टोलीद्वारा अनुगमन


कञ्चनपुर :असार ४— महाकाली नदीमा नेपाली सेनाद्वारा निर्माण भइरहेको बाँधको आज कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला तथा सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सहितको टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा टोलीले बाँध निर्माण कार्यको प्रगति, गुणस्तर तथा निर्माण सम्पन्न गर्नुपर्ने बाँकी कामबारे जानकारी लिएको थियो।

टोलीले निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरणमा जोड दिएको जनाएको छ। स्थलगत निरीक्षणपछि सांसद महताले महाकाली नदी किनार क्षेत्रका बासिन्दाको सुरक्षा, नदी नियन्त्रण तथा पूर्वाधार संरक्षणका दृष्टिले उक्त बाँध महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्माण कार्यमा देखिएका आवश्यक समन्वयका विषयहरूलाई सम्बन्धित निकायसँग छलफल गरी समाधानतर्फ पहल गरिने बताए। . त्यसैगरी सडक डिभिजन कार्यालयका प्रमुखले बाँधसँग सम्बन्धित सडक तथा अन्य पूर्वाधारको अवस्थाबारे जानकारी गराएका थिए। स्थानीयवासीले समेत बाँध निर्माण कार्यले नदी कटान नियन्त्रण तथा बस्ती संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। अनुगमन टोलीले निर्माण कार्यलाई थप प्रभावकारी र तीव्र गतिमा अगाडि बढाउन आवश्यक सुझाव समेत दिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img