दोधारा चाँदनीमा विपद् जोखिम न्युनिकरण सम्बन्धी समुदाय स्तरिय विपद् व्यवस्थापन समितिलाई दुई दिने तालिम


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् जोखिम न्युनिकरण सम्बन्धी समुदाय स्तरिय विपद् व्यवस्थापन समितिलार्य दुई दिने तालिम सुरु गरिएको छ् । सुन्दरप्रकृति सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनी– ८ को आयोजना, निड्स नेपाल कञ्चनपुरको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा विपद् जोखिम न्युनिकरण सम्बन्धी समुदाय स्तरिय विपद् व्यवस्थापन समितिलार्य दुई दिने तालिम सुरु गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ् । बाढीको जोखिमको समय आउदै गर्दा जोखिम न्युनिकरण गर्न उक्त तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

जोखिम न्यूनीकरणका लागि विपद् आईपर्दा आपतकालिन अवस्थामा बचाव, खोज, उद्धार तथा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा व्यवहारिक ज्ञान र सीप प्रदान गर्न तालिमको आयोजना गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् । स्थानियबासीहरुको सहभागीता रहेको सो तालिममा समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तथा जोखिम न्युनीकरण सम्बन्धी आधारभूत ज्ञान सीप, विपद् पुर्व तयारी तथा प्रतिकार्यका आवश्यक जनशक्ति तयार गर्ने, आपतकालीन अवस्थामा समुदाय र सरकार बिच समन्वय तथा सुरक्षा मजबुत गर्न, खोज तथा उद्दार आपतकालीन स्वास्थ्य र आधारभूत प्राथमिक उपचार गर्ने तरीकाहरु सिकाइने कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो ।

समुदायलाई आत्मनिर्भर बनाउदै विपद् व्यवस्थापनमा सक्षम जनशक्ति उत्पादन गर्नु तालिमको मुख्य उद्देश्य रहेको कार्यक्रममा बताईएको छ् । यस अघि निड्स नेपाल कञ्चनपुरले बाढीबाट हुने क्षती रोक्न दोधारा चाँदनी नगरपालिकामा रहेका १० वटा सामुदायिक विपद् व्यवस्थापन समिति तथा स्थानियबासीहरुलाई कृत्रिम नमुना अध्यास सम्पन्न गरेको थियो ।

 


Loading Viewer...

ताजा समाचार

spot_img