पाण्डेय दाम्पत्तीको सम्बन्ध विच्छेद मुद्दा : श्रीमान हारे जिल्लामा, श्रीमती हारिन उच्च अदालतमा

मनिषा भन्छिन, ‘घरबाटै अन्यायमा परेकी मैले जिल्लामा न्याय पाए, उच्च अदालतबाट अन्याय भयो’


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरकी महिला मनिषा पन्त र ६ ऐठपुरका युवा निकेत पाण्डेयविच चार बर्ष अघि समाजिक परम्परा अनुरुप विवाह भयो । मनिसा र निकेतविच विवाह भएको केही बर्षपछि घरसायी वाद विवाद चुलियो । घरसायी वाद विवादले निकेतले मनिसासंग संगै बस्ने निधो काटेर सम्बन्ध विच्छेदको मुद्दा दायर गरे । पाण्डेय दाम्पतीमा श्रीमानबाटै सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमा दर्ता भयो । जिल्ला अदालतले २५फागुन ०८१मा निकेतले अर्थात श्रीमानले मुद्दा हारे, श्रीमती मनिषाले मुद्दा जितिन् ।

रिटकर्ता निकेतले जिल्लामा मुद्दा हारेपछि उच्च अदालत दिपायल महेन्द्रनगरमा गए । उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले १२जेठ ०८३मा जिल्लाको फैसला उल्टाएर श्रीमान(निकेत)लाई जिताए श्रीमती(मनिसा)ले मुद्दा हारिन् । घर परिवारबाटै हिन्सामा परेको दुखेसो लिएर मनिसा मिडियामा पुगेकी छिन । उनले घरबाट अन्यायमा परेर न्यायका लागि अदालत गएको जिल्लाले न्याय दिएपनि उच्चले न्याय नदिएको दुखेसो पोख्दै आफ्नो बेदना पोख्न मिडियामै पुगेकी हुन ।

बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै मनिसा पन्त(पाण्डेय)ले विवाह भएको केही समयपछिदेखि आफुले घरेलु हिन्सा खेप्नु परेको दुखेसो गरिन् । ‘मैले न्यायका लागि अदालत जानुपर्ने ठाँउमा मेरै घर परिवारले श्रीमानलाई अघि सारेर सम्बन्ध विच्छेदको मुद्दा दायर गरे, जिल्लामा ममाथि न्याय भयो, उच्च पुग्दा अन्याय भयो, अब मैले कहाँबाट न्याय पाउँछु ।’ मनिसाले आफुलाई उच्च अदालतका न्यायाधिशद्वय गोबिन्दराज जोशी र गिरीराज गौतमले न्याय दिन कन्जुसाई गरेको दुखेसो पोखिन् ।

आफु बिरुद्ध घर परिवारले चरित्रहत्या गर्ने लगाएका आरोप पनि निराधार भएको दावि गर्दै सोझा श्रीमानबाट छुटाउने प्रपञ्च भएको दावि गरिन् । उनले आफ्नो श्रीमान भारतमा रोजगारी गर्दै आएको बेला सासुसुराबाट हिन्सामा परेको भन्दै न्यायका लागि आचना गरेकी छिन । अब न्यायका लागि न्याय परिष्ददेखिका अन्य निकायमा जाने घोषणा गर्दैै मनिसाले न्यायका लागि अपिल गरेकी छिन । उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासका सुचना अधिकारी गणेश भट्टले मनिसा पन्त र निकेत पाण्डेयविचको सम्बन्ध विच्छेद मुद्दाको पूर्ण पाठ अझै नआईसकेको बताए । उनका अनुसार जिल्लाबाट मनिसाले हारिन् र उच्चबाट निकेतले जितेको बताउँदै उक्त मुद्दाको पूर्ण पाठ अझै नआएकाले अहिले नै मनिसा अन्यायमा परेको भन्न नसकिने बताए ।

अदालत र न्यायाधिश ज्यूबाट व्यक्तिको अनुहार भावना भन्दा पनि तथ्य प्रमाणका आधारमा फैसला गरिने बताए । सूचना अधिकारी भट्टले पक्ष विपक्षमा न्याय निरुपण भन्दा पनि मनिसामाथि कुनैपनि आग्रह वा पूर्वाग्रह ढङगले मात्रै होईन प्रमाणका आधारमा फैसला भएको बताईन । न्याय नपाएको महसुस भए माथिल्ला अदालतदेखिका अन्य निकायमा जान सक्ने आधार बाटो खुला भएको उनले बताए ।

पहिले जिल्लाबाट जितेकी र त्यसपछि उच्च अदालतबाट सम्बन्ध विच्छेदको मुद्दा हारेकी मनिषा पन्तले न्यायाधिश र अदालतप्रति गरेको गुनासोमा कुनै सत्यता नभएको दावि गरेका छन । मुद्दा हार्दैमा न्यायालयप्रति आरोप, गुनासो र जित्दैमा खुसियाली भन्दा पनि न्यायालयको प्रकृया रहेको उनको भनाई छ । मनिसाले न्यायालयदेखिका सबै सरोकारवाला निकायमा आफ्नो दुखपीडा बुझिदिन आग्रह गर्दै न्यायमुर्ति आफ्नै छोरी,बेटी सम्झिएर न्याय दिलाउन माग अघि सारेकी छिन ।


Loading Viewer...

ताजा समाचार

spot_img