महेन्द्रनगरमा होम ट्युसन पढ्न चाहाने विद्यार्थीका लागि घरमै शिक्षक पठाई दिने गुडविल ट्युसन सेन्टर सेवा सुरु


महेन्द्रनगर : पछिल्ला समय अभिभावक तथा विद्यार्थीमा होम ट्युसनप्रति रुचि बढ्दै गएको छ । तर, योग्य शिक्षक खोज्न अभिभावकलाई समस्या हुने गरेको छ । विद्यार्थीलाई पारिवारिक वातावरणमै सहज रूपमा अध्ययन गराउने उद्देश्यले महेन्द्रनगरमा गुडविल ट्युसन सेन्टर सञ्चालनमा आएको छ । भीमदत्त नगरपालिकाका स्थानीय युवा दिनेश सिंह विष्टले घरमै पुगेर ट्युसन सेवा उपलब्ध गराउने उद्देश्यसहित उक्त सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

उनका अनुसार धेरै विद्यार्थीले घरको वातावरणमै पढ्न रुचाउने भएकाले सेन्टरमार्फत आवश्यक विषयका योग्य शिक्षक घरमै पठाइने व्यवस्था गरिएको छ । होम ट्युसनले विद्यार्थीलाई सहज र अनुकूल अध्ययन वातावरण प्रदान गर्ने विश्वास गरिएको छ ।त्यस्तै, विभिन्न कलेजमा अध्ययनरत तथा अध्यापन गरिरहेका विद्यार्थीलाई पनि आफ्नो खाली समयमा ट्युसन पढाएर अतिरिक्त आम्दानी गर्ने अवसर मिल्ने उनले बताए । यसबाट शिक्षकका रूपमा काम गर्ने युवालाई आर्थिक रूपमा पकेट खर्च जुटाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सेन्टरले अभिभावक र शिक्षकबीच आवश्यक सम्झौता गरी सुरक्षित तथा व्यवस्थित सेवा प्रदान गर्ने जनाएको छ । उक्त सेवा लिन चाहानेले भीमदत्त नगरपालिका–३, भाँसीमा रहेको सेन्टरको कार्यालयमा सम्पर्क गर्न सञ्चालक विष्टले आग्रह गरेका छन् । उनका अनुसार हाल भीमदत्त र वेदकोट नगरपालिका क्षेत्रमा सेवा प्रदान गरिनेछ भने निकट भविष्यमा जिल्लाभर विस्तार गर्ने योजना रहेको छ । हाल विभिन्न विषयका दक्ष शिक्षकहरू सेन्टरसँग आवद्ध भइसकेका छन् । यस प्रणालीबाट शिक्षकले अभिभावकसँग प्रत्यक्ष रूपमा शुल्क माग्नुपर्ने झन्झट पनि हट्नेछ । सेन्टरले ट्युसन प्याकेजअनुसार शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउने जनाएको छ ।

अहिले सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णयपछि विद्यार्थीलाई पाठ्यभार कभर गर्न समस्या हुन सक्ने देखिएकाले होम ट्युसन अझ आवश्यक बन्ने सञ्चालक विष्टको बुझाइ छ । साथै, होम ट्युसनले विद्यार्थीको समय बचत हुने र पारिवारिक वातावरणमै अध्ययन गर्न सहज हुने उनले बताए । सेन्टर सञ्चालनमा आएपछि होम ट्युसन पढाउँदै आएका शिक्षकहरू पनि उत्साहित भएका छन् । उनीहरूले विद्यार्थी खोज्दै घरघर धाउनुपर्ने बाध्यता हटेको बताएका छन् । साथै, आफूलाई पायक पर्ने क्षेत्रमा उपयुक्त समयमा विद्यार्थीलाई घरमै पढाउन सहज हुने उनीहरूको भनाइ छ ।


Loading Viewer...

ताजा समाचार

spot_img