रास्वपा वेदकोट नगरको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा पुन: डम्मर दत्त भट्ट सर्वसम्मत


कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टी वेदकोट नगर समितिको प्रथम ऐतिहासिक अधिवेशन भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएको छ । बुधबार वेदकोट नगरपालिका–७ स्थित कञ्चन बैन्क्वेटमा आयोजित विशेष समारोहका बीच अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट डम्मर दत्त भट्ट पुनः सभापतिमा सर्वसम्मत चयन भएका छन् । नवगठित १३ सदस्यीय नगर कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरिएको नव निर्वाचित सभापति भट्टले जानकारी दिए ।

समितिको उपसभापतिमा कु. सीता विष्ट, सचिवमा तेजबहादुर कठायत, सह–सचिवमा माधवराज जोशी चयन भएका छन् । यस्तै सदस्यहरूमा जनकराज जोशी, दुर्योधन खडायत, भीम भुल, धिरेन्द्रसिंह विष्ट, धनबहादुर धामी, लोकेन्द्र बम, चक्रदेव अवस्थी, धनमति पाल र गीता सार्की रहेका छन् ।

रास्वपा वेदकोट नगरका संस्थापक सभापति समेत रहेका डम्मरदत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रास्वपाका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रमेश प्रसाई रहनु भएकाे थियाे । कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी देश र जनताको भावना अनुरूप काम गर्ने पार्टी भएको उल्लेख गर्दै अन्य पुराना दलसँग तुलना गर्न नमिल्ने धारणा राखे ।

उनले “वर्तमान सरकारले राष्ट्र निर्माणका पक्षमा काम गरिरहेको दाबी गर्दै जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्न थालेको बताए । सरकारको एक सय दिने कार्ययोजना अनुसार काम भइरहेको उल्लेख गर्दै उनले राम्रो काम देख्न नचाहने पक्षहरूले सदनमा अनावश्यक विषय उठाउने गरेको टिप्पणी गरे ।

पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएपछि नगर सभापति भट्टले सम्पूर्ण नेता तथा कार्यकर्ता प्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । उनले पार्टीको विधि, विधान र प्रक्रिया अनुसार इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै जनअपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img