बेदकोट : राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) बेदकोट नगरको सभापतिमा पुन डम्बर दत्त भट्ट चयन भएका छन । बुधबार रास्वपा बेदकोट नगरको सुडामा भएको प्रथम नगर अधिवेशनबाट सभापतिमा पुन भट्ट चयन भएका हुन ।

उपसभापति सिता विष्ट, सचिव तेज बहादुर कडायत , सहसचिव माधवराज जोशी रहेका छन । यस्तै सदस्यहरु तर्फ जनकराज जोशी, दुर्याधन खडायत, भीम भुल, बिरेन्द्र सिह विष्ट, धन बहादुर धामी, लोकेन्द्र बम, चक्रदेव अवस्थी, धर्मपती पातल, गिता सार्की रहेका छन । रास्वपा नेता एव सासद रमेश प्रसाईको प्रमुख आथित्यमा भएको थियो ।

प्रमुख अतिथि समेत रहेका रास्वपाका नेता प्रसाईले नगर समितिलाई पाटीको नीति सिद्धान्त अनुरुप जनताको कामकाजमा खटिन निर्देशन दिएका छन । रास्वपा बेदकोट नगरको पुन कमाण्डिङ्गको नेतृत्वमा आएका नगर सभापति डम्बरदत्त भट्टले पाटीले नगरका नेता कार्यकर्ताहरुदेखि जनताको हकहितका विकास निर्माणका क्षेत्रमा खटिने प्रतिबद्धता जाहेर गरेका छन ।







