कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–६ कृष्णसार जाने बाटोस्थित पुरानो आँगन कटेज र होटेल हाइवेको संयुक्त सहकार्यमा “हाइवे आँगन कटेज” नयाँ व्यवस्थापनसहित सञ्चालनमा आउने भएको छ। विगत एक दशकदेखि शुक्लाफाँटाको पर्यटन तथा सत्कार क्षेत्रमा सेवा दिँदै आएको आँगन कटेजले अब थप परिष्कृत र आधुनिक सेवा सुविधासहित ग्राहकलाई सेवा दिने जनाएको छ।

व्यवस्थापनका अनुसार पारिवारिक वातावरण, गुणस्तरीय सेवा र स्वादिष्ट परिकारमार्फत ग्राहकको विश्वास कायम राख्ने लक्ष्य लिइएको छ। विशेषगरी कटेजको चर्चित सेकुवा लगायत विभिन्न परिकारलाई प्राथमिकतामा राखिने बताइएको छ। नयाँ व्यवस्थापनले एउटै छानामुनि स्तरीय आतिथ्यता, आरामदायी वातावरण र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

कटेज व्यवस्थापनले विगतमा ग्राहक, शुभचिन्तक तथा स्थानीयवासीबाट प्राप्त माया, साथ र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छ। “हाइवे आँगन कटेज – यात्रा तपाईंको, सत्कार हाम्रो” भन्ने नारासहित कटेज चाँडै औपचारिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।







