पप्पु गुरुङ्ग, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढी प्रतिकार्य प्रभावकारी बनाउन १० वटा सामुदायिक विपद् व्यवस्थापन समितिमा बाढीको कृत्रिम घटना नमुना अभ्यास सञ्चालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको सहकार्य तथा निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाले दोधारा चाँदनी नगरपालिकाको जोखिममा रहेका १० वटा सामुदायिक विपद् व्यवस्थापन समितिमा एक साता देखि बाढीको कृत्रिम घटना नमुना अभ्यास सञ्चालन अघि बढाएको निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाका सामाजिक परिचालिका रेनु विकले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा वर्षायाममा महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर वर्षेनी ठुला धनजनको क्षती बनाउदै आएको अवस्थालाई मध्यनजर राख्दै क्षतीलाई न्युनिकरण गर्न कृत्रिम घटना नमुना अभ्यास सुरु गरिएको सामाजिक परिचालिका रेनु विकले बताउनुभयो ।


तटीय क्षेत्रमा बसोबास गर्दै आएका बस्तीहरुमा बाढीको उच्च जोखिममा रहेको हुदा विपद्को बेलामा बाढी प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घट्ना नमुना अभ्यासले पूर्व तयारी र जनचेतना जगाउन ठुलो सहयोग पुग्ने सामाजिक परिचालिका विकको भनाई छ् । बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुन:ताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्ष जस्तै यस वर्ष पनि महाकाली नदी र जगबुडा नदीमा बाढीको कृत्रिम घटना नमुना अभ्यास आयोजना गरिएको आएको स्थानियबासी टिका देवी मगरले बताउनुभयो ।


बिगतमा यसै महिनामा सञ्चालन गरिएको नमुना अभ्यासले बाढी आएको बेला ज्यान जोगाउन, उद्धार गर्न तथा धनमालको क्षती रोक्न निकै सहज भएको स्थानियबासी टिका देवी मगरले बताउनुभएको छ् । बाढी र डुबान जस्तो विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षती कम गर्न कृत्रिम घटना अभ्यास निकै फलदाय हुने गरेको हुने गरेको उहाँको भनाई छ् ।


बाढी र डुबान जस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि हरेक वर्ष पूर्व तयारी स्वरुप दोधारा चाँदनी नगरपालिकाको महाकाली नदी र जगबुडा नदीमा समुदाय, जनप्रतिनिधी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, उत्थानशिल युवा सञ्जाल, बिद्यार्थी लगाएतले समुदाय स्तरिय बाढीको कृत्रिम घटना अभ्यास सञ्चालन गर्दै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।






