कञ्चनपुर: कञ्चनपुरको पश्चिम सीमा क्षेत्रमा रहेको गाँजाको झाडी फडानी गरिएको छ । भीमदत्त नगरपालिका ११ गड्डाचौकी सीमा क्षेत्रमा रहेको गाँजाको झाडी फडानी गरिएको हो । ईलाका प्रहरी कार्यालय गड्डाचौकीले शनिबार सीमावर्ती दजगजा नेपाल क्षेत्रमा रहेको गाजाको भाँडी सफाई गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज बरिष्ठ प्रहरी नायब निरिक्षक(बरिष्ठ सई) जिवन गुरुङ्गले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत गाँजाको झाडी सफाई गरिएको बताए । बरिष्ठ सई गुरुङ्गका अनुसार हरेक शनिवार गर्दैै आएको कार्यक्रम अन्र्तरगत नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय संघ संस्था, नागरिक अगुवा सहितको संयुक्त साझेदारीमा गाजाको झाडी सफाई गरिएको छ ।

भारतको राजधानी जोड्ने सबैभन्दा नजिकको दुरी रहेको गड्डाचौकी–बनबासा नाका क्षेत्रमा यसरी गाजाको झाडी सफाई गरेसंगै लागु औषधको जोखिमदेखिको सडक क्षेत्र आर्कषित भएपछि यात्रुहरुलाई समेत सहज हुनेछ ।







