कञ्चनपुर । लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाममा सरोकारवालाको भुमिका बिषय पालिकास्तरिय अन्तरक्रिया कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा सम्पन्न भएको छ् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आयोजनामा एक दिने लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाममा सरोकारवालाको भुमिका बिषय पालिका स्तरिय अन्तरक्रिया दोधारा चाँदनी नगरपालिकामा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ् । कञ्चनपुरमा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि भईरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथाममा सरोकारवालाको भुमिका बिषय पालिकास्तरिय अन्तरक्रिया सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले बताउनुभयो । समाज लागुऔषधको दलदलमा फसेको उल्लेख गर्दै नियन्त्रणका लागि प्रहरी प्रशासन, स्थानीयवासी, नागरिक समाज, सञ्चारकर्मी तथा लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गर्ने संस्था बिच समन्वय गरेर अगाडि जानुपर्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले बताउनुभएको छ् ।


कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले लागू औषध सेवनका कारण मानिस तथा समाजमा शारिरिक, मानसिक, आर्थिक, सामाजिक कानुनी असरहरु देखा पर्ने हुदा सबै सरोकारवाला निकाय नियन्त्रणको लागी एकजुट हुनु पनेमा जोड दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामको बिभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै दोधारा चाँदनी नगरपालिका भारत संग जोडियो खुला सिमा क्षेत्र भएको हुदा लागुऔषध कारोवारको ट्रान्जिट प्वाईन्ट बन्दै गएकोमा दुख प्रकट गर्नुभएको छ् ।


अन्तरक्रियामा दोधारा चाँदनी जनप्रतिनिधी, महिला स्वयमसेविका, महिला अधिकारकर्मी, संघ–संस्था, प्रहरी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामको लागी एक्कबद्धता जाहेर गर्दै हस्ताक्षर समेत संकलन गरिएको छ् ।







