निजी श्रोत शिक्षक संघर्ष समितिद्धारा दोधारा चाँदनी नगरपालिकामा ज्ञापन पत्र


कञ्चनपुर । निजी श्रोत शिक्षक संघर्ष समिति दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको छ् । निजी श्रोत शिक्षक संघर्ष समिति दोधारा चाँदनीका अध्यक्ष चन्द्र प्रकाश बिष्ट र सचिव बिनोद राज भट्टले दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रमुख गणेश दत्त मिश्रलाई भेट गरि ज्ञापन पत्र बुझाउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा नगर अनुदान कोटामा कार्यरत शिक्षकहरुले लामो समय देखि निरन्तर रुपमा जिम्मेवारी पुर्वक शिक्षण सेवा प्रदान गर्दै आईरहेको बताउदै बिद्यालयको पठन पाठन सञ्चालन, शैक्षिक गुणस्तर अभिबृद्धी तथा बिद्यार्थीको सिकाई उपलब्धीमा महत्वपुर्ण योगदान पुर्‍याउदै आएता पनि हाल प्राप्त तलव सुबिद्या अत्यन्तै न्युन रहेको समय अनुकुल तलव बृद्धिको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको निजी श्रोत शिक्षक संघर्ष समिति दोधारा चाँदनीका सचिव बिनोद राज भट्टले जानकारी दिनुभएको छ् ।

नगर अनुदान कोटामा कार्यरत शिक्षकहरुले प्राप्त गरिरहेका तलव बिद्यालयको सहयोगी कार्यकर्ता तथा वालविकास सहजकर्ताले पाउने पारिश्रमिक भन्दा पनि कम रहेको अवस्थामा शिक्षण पेशाको गरिमा, जिम्मेवारीयापनको खर्चले गर्दा हालको तलवबाट निजी शिक्षकको आधारभुत आवश्यकता पुर्ती समेत कठिनाई भईरहेका सचिव बिनोद राज भट्टले बताउनुभयो । ‘यस्तो अवस्थामा शिक्षकहरुको मनोवल तथा कार्यसम्पादनमा समेत असर पर्ने भएकोले नगर अनुदान कोटामा शिक्षकहरुको सेवा, योगदान र जिम्मेवारीलाई उचित मुल्यांकन गरि हाल पाउदै आएको तलव सम्मानजनक बृद्धि गरिदिनहुन अनुरोध गर्दै तलव बृद्धि भएमा शिक्षकहरुको मनोवल अभिबृद्धि भई शिक्षण सिकाई कार्य अझ प्रभावकारी, गुणस्तररिय र परिणाममुखी बन्ने बिश्वास लिएको छौ’ ज्ञापन पत्रमा भनिएको छ् ।

ज्ञापन पत्र बुझ्दै दोधारा चाँदनी नगरपालिका कार्यालय निमित्त प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले नगर शिक्षा समितिको बैठक तथा नगर कार्यपालिका बैठकमा छलफल गरिने बताउनुभएको छ् । बिगत लामो समय देखि देशैभरीका निजी श्रोत शिक्षकहरु शैक्षिक गुणस्तर तथा अधिकारको संघर्ष गर्दै आएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img