एसईई ०८२ : रेडियन्ट माविको ८७ प्रतिशत नतिजा


कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरको एक निजी विद्यालयले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १५ निम्बुखेडा महेन्द्रनगरमा रहेको रेडियन्ट माविले एसईई ०८२ मा उत्कृष्ठ नतिजा ल्याएको हो ।शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार रेडियन्टले १३ विद्यार्थी उत्र्तीण अर्थात ८७ प्रतिशत नतिजा ल्याएको छ । कुल १५ मध्ये १३ विद्यार्थी उत्र्तिण भएर उत्कृष्ठ नतिजा ल्याउन सफल भएका छन ।

उक्त विद्यालयका एक विद्यार्थी सबैभन्दा उच्च ३.६६ जिपिए ल्याएका छन । ३.६६ जिपिए ल्याएर रेडियन्टकी छात्रा जानकी धामीले टपर विद्यार्थी बनेका हुन । रेडियन्ट माविका प्रिन्सिपल सुर्य बहादुर चन्दले विद्यार्थी, शिक्षक, विद्यालयको उच्च मेहनताका साथ उत्कृष्ठ नतिजा ल्याउन सफल भएको बताए । उनका अनुसार उत्र्तीण भएका सबै विद्यार्थीको उच्च जिपिए रहेको छ । हरेक बर्ष माध्यामिक शिक्षा परीक्षा कक्षा १०मा उक्त विद्यालयका सबैभन्दा बढी विद्यार्थी उर्तीण हुने गरेका छन ।

विद्यालयले शैक्षिक गुणस्तरमा उच्च मेहनत गरेपछि हरेक बर्ष विद्यार्थी सफल हुँदै आएका छन । उनले एनजी लागेका दुवै विद्यार्थीलाई समेत एक÷एक मात्रै विषय लागेको बताए । रेडियन्टले आगामी शैक्षिक सत्रदेखि सत प्रतिशत नतिजा ल्याउने प्रतिबद्धता जाहेर गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img