बाढी प्रतिकार्य प्रभावकारी वनाउन निड्स नेपालले दोधारा चाँदनीमा सुरु गर्‍यो कृत्रिम घटना नमुना अभ्यास


पप्पु गुरुङ्ग, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढी प्रतिकार्य प्रभावकारी बनाउन बाढीको कृत्रिम घटना नमुना अभ्यास गरिएको छ् । निड्स नेपाल कञ्चनपुरको स्कोपआरथ्री परियोजनाको सहयोग, दोधारा चाँदनी नगरपालिकाको सहकार्य र सामाज कल्याण सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल नजिक जगबुडा नदीमा बाढीको कृत्रिम घटना नमुना अभ्यास सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख अमृत विकले दिनुभएको छ् । बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुन:ताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैं यस वर्ष पनि जगबुडा नदीमा बाढीको कृत्रिम घटना नमुना अभ्यास कार्यक्रम आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख अमृत विकले बताउनुभयो ।

अभ्यासले बाढीको बखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्ने दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख अमृत विकले बताउनुभएको छ् । बाढी र डुबान जस्तो विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न कृत्रिम घटना अभ्यास निकै फलदाय हुने विपद् शाखाका शाखा प्रमुख अमृत विकको भनाई रहेको छ् ।

बाढी र डुबान जस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि हरेक वर्ष पूर्व तयारी स्वरुप दोधारा चाँदनी नगरपालिकाको महाकाली नदी र जगबुडा नदीमा समुदाय, जनप्रतिनिधी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, उत्थानशिल युवा सञ्जाल, बिद्यार्थी लगाएतले बाढीको कृत्रिम घटना अभ्यास गर्दै आएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका अधिकृत दिव्यादेव पण्डितले बताउनुभयो ।

कृत्रिम घटना अभ्यासले उद्धारकर्मीहरुको क्षमता वृद्धि हुने र भएका कमी कमजोरीलाई सुधार गर्न मिल्ने हुदा वर्षेनी सामुदायिक विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी, नगर प्रहरी लगाएत उद्धार टोलीहरुको उपस्थितीमा तालिम सञ्चालन गरिदै आएको परियोजनाका अधिकृत दिव्यादेव पण्डितले बताउनुभएको छ् ।

तटीय क्षेत्रमा बसोबास गर्दै आएका बस्तीहरु बाढीको उच्च जोखिममा रहेको हुदा विपद्को बेलामा बाढी प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घट्ना नमुना अभ्यासले पूर्व तयारीमा र जनचेतना जगाउन ठुलो सहयोग पुग्ने स्थानियबासीहरुको भनाई रहेको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img