कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तातो हावाको लहरको कार्य योजना माथी सुझाव संकलन कार्यशाला गोष्ठी सम्पन्न भएको छ् । जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरुमा अत्यधिक गर्मी बढ्दै गएपछि दोधारा चादनी नगरपालिकाले ‘हिट एक्सन प्लान’ अर्थात् तातो हावा कार्ययोजना बनाउन सरोकारवालाहरु संग सुझाव संकलन थालेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले जानकारी दिनुभएको छ् । कार्य योजनालाई तत्काल कार्यान्वयनमा लैजान तातो हावाको लहरको कार्य योजना माथी सुझाव संकलन कार्यशाला गोष्ठी सञ्चालन गरिएको निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो । दोधारा चादनी नगरपालिका कार्यालयको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघको ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) को सहयोगमा तातो हावाको लहरको कार्य योजना माथी सुझाव संकलन कार्यशाला गोष्ठी सम्पन्न गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ् ।


प्राविधिक विश्लेषण अनुसार यदि यस क्षेत्रको तापक्रम लगातार ३ दिन सम्म ३८.७ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम पुग्ने पूर्वानुमान भएमा त्यसलाई ‘हिट वेभ’ (तातो हावाको लहर) मानिने र सोही अनुसारका आपतकालीन सुरक्षाका अपाउनको लागी दोधारा चाँदनी नगरपालिकाले तातो हावाको लहरको जोखिम न्युनिकरण गर्न कार्ययोजना निमार्ण गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बुले बढ्दो गर्मी र तातो हावाको लहर (लु) को कारण नगरबासीको स्वास्थ्यका लागि चुनौती बनिरहेको बताउनुभयो ।

जलवायु परिवर्तनको असर हाम्रो पालिकामा प्रत्यक्ष देखिन थालेको र यस्तो अवस्थामा नागरिकको सुरक्षाका लागि ‘हिट एक्सन प्लान’ अत्यन्तै महत्वपूर्ण रहेको हुदा संस्थाहरुको सहयोगमा तातो हावाको लहरको कार्य योजना निमार्ण गर्न लागिएको प्रमुख लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, नगर उप–प्रमुख गंगा जोशी, प्रमुख प्रशासकीय अधिकृत, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का टोली, विभिन्न वडाका वडाध्यक्षहरु र विषयगत शाखाका प्रमुख, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितीमा सञ्चालन भएको कार्यशाला गोष्ठीमा विशेष गरी गर्मीका कारण प्रभावित हुने विपन्न परिवार, बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरी कार्ययोजना कार्यान्वयनमा ल्याईने बताईएको छ्र ।







