रेडियन्ट माध्यमिक विद्यालयमा नयाँ स्कुल क्याप्टेन र हाउस क्याप्टेन चयन ​रेडियन्ट


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८३ का लागि स्कुल क्याप्टेन तथा विभिन्न हाउसका क्याप्टेन र भाइस-क्याप्टेनहरु चयन गरिएको छ। ​शैक्षिक सत्र २०८३ का लागि कक्षा १० मा अध्ययनरत छात्रा स्मृति भट्टलाई स्कुल क्याप्टेनमा चयन गरिएको छ भने स्कुल भाइस-क्याप्टेनमा कक्षा १० मा अध्ययनरत छात्राहरु मेघा थापा, सान्भी महरा र कक्षा ९ की छात्रा सुजाता बडाललाई छनौट गरिएको छ । ​

स्कुल क्याटेन संगै विद्यालय अन्तर्गत रहेका चारवटा सदनहरूमा पनि नयाँ नेतृत्व चयन गरिएको छ। जसअनुसार रातो सदन (Red House) को क्याप्टेनमा कक्षा १० का प्रान्जल भट्ट र भाइस-क्याप्टेनमा कक्षा ९ की समिक्षा भट्ट चयन भएका छन् भने पहेंलो सदन (Yellow House) को क्याप्टेनमा कक्षा १० की छात्रा निशा रावल र भाइस-क्याप्टेनमा कक्षा १० का छात्र आदर्श भण्डारी चयन भएका छन् । ​त्यस्तै निलो सदन (Blue House) को क्याप्टेन पदमा कक्षा १० का छात्र एन्जल सिंह र भाइस-क्याप्टेन पदमा कक्षा १० कै छात्र मोहित पाण्डे चयन भएका छन् भने हरियो सदन (Green House) को क्याप्टेनमा कक्षा १० की छात्रा अस्मिता नेपाली र भाइस-क्याप्टेनमा कक्षा १० का छात्र निरञ्जन जोशीलाई चयन गरिएको छ

। ​विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर चन्दले नयाँ छनौट भएका स्कुल तथा विभिन्न हाउसका क्याप्टेन र भाइस-क्याप्टेनहरुलाई खादा र टीका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै आफ्नो कार्यकालमा विद्यार्थीहरूले विद्यालयको अनुशासन, अतिरिक्त क्रियाकलाप र शैक्षिक वातावरणलाई थप उचाइमा पुर्याउन रचनात्मक भूमिका खेल्नु पर्ने बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img