यि हुन कञ्चनपुरका एसईई ०८२ मा ‘एक’ मात्रै विद्यार्थी उत्र्तीण गराउने विद्यालय


कञ्चनपुर: माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका ६ विद्यालयले ‘एक’मात्रै विद्यार्थी उर्तीण गराउन सफल भएका छन । सरकारी तथा निजी लगानीमा संचालित जिल्लाभरीका ६ विद्यालयहरुले एक/एक विद्यार्थी उत्र्तीण गराउन सफल भएका हुन । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२ को नतिजा अनुसार जिल्लाका ४ निजी र २ सरकारी विद्यालयका एक÷एक मात्रै विद्यार्थी उत्र्तिण भएका छन ।

सरकारी लगानीमा संचालित भीमदत्त नगरपालिका १५ खैरभट्टीको लक्ष्मी माविले ०८० को एसईई परीक्षामा १३ विद्यालय पुरै फेल भएर सुन्य नतिजा ल्याएको थियो । ०८१ मा सुधार गरेको लक्ष्मीले फेरी ०८२ मा ६ मा १ मात्रै विद्यार्थी उत्र्तीण गराउन सफल भएको छ । यस्तै सरकारी लगानीमै संचालनमा रहेको बेलौरी नगरपालिका ९ रतनपुरको त्रिभुवन माविका १४ मा १ मात्रै विद्यार्थी उर्तीण भएका छन । भीमदत्त नगरपालिका १० सुकासालको कस्मोपोलिटिन बोडिङ्ग स्कुलका ०८१को एसईईमा १९ मध्ये पुरै विद्यार्थी फेल भएका थिए । अहिले ०८२ मा ८ मा १ मात्रै विद्यार्थी उर्तीण भएका छन । गत बर्ष सुन्य अहिले १विद्यार्थी सफल भएका हुन । भीमदत्त नगरपालिका ८ तिलाचौरको ज्ञानोदय पब्लिक एकेडेमीमा ७ मा १, शुक्लाफाँटा नगरपालिका ७ असैनाको कञ्चन सरस्वती ईङलिश बोडिङ्ग स्कुलका ७ मा १ र पुर्नवास नगरको बालबागेश्वरी मावि बुद्धबस्ती २१ मा १ मात्रै उर्तीण भएका छन ।

यसरी एक विद्यालय एक मात्रै विद्यार्थी उर्तीण भएपछि विद्यार्थी, अभिभावक, शिक्षकदेखि समुदाय नै चिन्तित भएको छ । यसरी निजी तथा सरकारी दुवै लगानीमा संचालित विद्यालयको अति कमजोर नतिजा आएपछि सरोकालाहरुले थरीथरीका टिकाटिप्पणी गरिरहेका छन । लक्ष्मी मावि प्रद्याध्यापक प्रकास बहादुर चन्दले नतिजा सुधार गरिने बताए । उनले विद्यालयमा समिक्षा गरेर सुधार गरिने बताए । ‘पाचै विद्यार्थीको एक मात्रै गणित विषय ल्यायो, ‘उनले भने, ‘समिक्षा सहित थप सुधार गरिनेछ ।’ कस्मोपोलिटिन बोडिङ्ग स्कुलका प्रिन्सिपल शिवराज पन्तले विद्यालयको नतिजा बारे समिक्षा गरिने बताए । विद्यालय र शिक्षकले भरपुर मेहनत गरेपनि कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा संचालन गरिएको बताए । ‘अहिले पनि अधिकाँस विद्यार्थीलाई एक/दुई मात्रै विषय लागेका छन, ‘उनले भने, ‘आगामी दिनमा शिक्षक विद्यालयबाट मेहनत जारी हुन्छ, हामीले जसरी मेहनत गरेका छौँ, त्यसरी नै विद्यार्थीले गरिदिएको भए राम्रो नतिजा आउने थियो ।’

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले राज्यको लगानीमा संचालित विद्यालयको नतिजा सुन्य दुखत विषय भएको बताए । उनले महाकाली शारदाविठ विद्याआश्रमको प्राविधि त्रृटीले सुन्य नतिजा आएको भएपनि सच्याउन पत्राचार गरिएको बताए । सामुदायिक विद्यालयमा दरबन्दीदेखिका विवित विषयत शिक्षकले ध्यान नदिदाको परिमाण नतिजा सुुन्यदेखि स्तरिय नआएको बताए । ‘सुन्य नतिजा ल्याउने विद्यालयमा हामीले पत्राचार गरेरै स्पष्टिकरण सोध्छौँ, ‘उनले भने, ‘बाँकी कमजोर नतिजा आएका विद्यालयदेखि अन्य सबै विद्यालयका प्रअसंग बैठक राखेर नतिजा बारे समिक्षा राखेर सुधार गर्ने योजना अघि सारेका छौँ ।’ सरकारी विद्यालयको नतिजा नाजुक आएपछि अभिभावक हैरान भएका छन । अभिभावकले राज्यको लगानी खेरदेखि विद्यार्थी, विद्यार्थीमाथि अन्याय हुँदा समेत सरोकारवाला नयाँ योजना ल्याउनुकोे साटो मौन रहेको भन्दै दुखेसो पोखेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img