कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरको एक संस्थागत (निजी) विद्यालयले एसईई ०८२मा उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर जानकी टोलको मर्निङ्गग्लोरी माध्यामिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ठ नतिजा ल्याएको हो । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२ को नतिजा शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार उक्त विद्यालयले ७७.४२ प्रतिशत नतिजा ल्याएको जनाएको छ ।

कुल परीक्षा दिने ३१ विद्यार्थी मध्ये २४ विद्यार्थीले उत्कृष्ठ जिपिएर उत्र्तिण भएको विद्यालयले जनाएको छ । मर्निङ्गग्लोरी माध्यामिक विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले उत्र्तिण भएका सबै विद्यार्थीले उत्कृष्ठ नतिजा ल्याएको बताए । उनका अनुसार सबैभन्दा बढी ३.९६जिपिएर ल्याएर छात्र विद्यालय टपर भएका छन । भीनपा २उल्टाखामका स्थानीय समेत रहेका छात्र जमन तिवारीले टपर भएका हुन । प्रिन्सिपल शर्माका अनुुसार (ए प्लस) ६, (ए) ९ (बिप्लस) १० विद्यार्थीले जिपिए ल्याएको छन । प्रिन्सिपल शर्माले विद्यार्थीलाई निरन्तर सबै विषयगत योग्य शिक्षक मार्फत निरन्तर पठनपाठन गराएर शैक्षिक गुणस्तर बृद्धि गराएको प्रतिफल भएको बताए ।

‘यो नतिजा ल्याउन शिक्षक, विद्यार्थी, विद्यालयदेखि अभिभावक सबै सरोकारवाला निकायको भूमिका रह्यो, ‘उनले भने, ‘विद्यार्थीले पनि अथक प्रयास गरेका छन, केही विषयमा कम मेहनतले चार जिपिएबाट बञ्चित भएका छौँ ।’ प्रिन्सिपल शर्माले आगामी शैक्षिक सत्रमा सत प्रतिशत नतिजा सहित कक्षा १०को अतिरिक्त थप कक्षा, अभ्यास सहित पठन पाठन गरिने बताए । ‘हामीले शैक्षिक गुणस्तरमा जति मेहनत गरेका छौँ, त्यो भन्दा अब झन बृद्धि गछौैँ, ‘उनले भने, ‘अबका शैक्षिक सत्रमा एसईई सहित सबै कक्षाको गुणस्तरिय नतिजा आउँछ ।’ पछिल्ला बर्षहरुमा विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दैै गएपछि विद्यार्थी, अभिभावकको रोजाईका साथै विश्वासको केन्द्र बनिरहेको छ ।







