कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटाको सभापतिमा हरिशसिंह धामी निर्वाचित भएका छन्। शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट उनी सभापतिमा निर्वाचित भएका हुन्। निर्वतमान नगर सभापति समेत रहेका धामीले ६२मतको अन्तरले हराउँदै सभापतिमा पुन आएका छन । ७९ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित हुँदा प्रतिस्पर्धी विवेक रावलले १७ मत प्राप्त गरेका थिए ।

नगर उपसभापतिमा महेश विष्ट (जेनल) निर्विरोध निर्वाचित भए। सचिवमा हरिश अवस्थीलाई पराजित गर्दै खगेन्द्र प्रसाद पाण्डेय निर्वाचित भएका छन्। प्रतिस्पर्धी अवस्थीले ३७ मत ल्याउँदा पाण्डेयले ५५ मत प्राप्त गरे। सचिवमा हेमा धामी सर्वसम्मत निर्वाचित भएकी छन्। सदस्यमा लक्ष्मी भट्ट, संगिता राना, नारा साउँद, आशाकुमारी लुहार, उमेश भट्ट, सिमा चौधरी, डम्मरदत्त भट्ट, नारदसिंह ठगुन्ना र हरिसिंह विष्ट निर्वाचित भएका छन्।

रास्वपाका नगर सभापति हरिशसिंह धामीको अध्यक्षतामा भएको प्रथम नगर अधिवेशनमा केन्द्रीय सदस्य विजय जैरु प्रमुख अतिथि रहेको कार्यक्रममा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पाटीबाट पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







