पप्पु गुरुङ्ग, कञ्चनपुर । सुन्दरनगर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीले विपद् व्यवस्थापनको लागी मुठी दान संकलन कार्य सुरु गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगर स्थित रहेको सुन्दरनगर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समितिले विपद् सचेतना तथा आपतकालिन कोष बृद्धिको लागी मुठी दान संकलन कार्य सुरु गरेको सुन्दरनगर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक सर्वजित रोकायाले बताउनुभएको छ् । सुन्दरनगर बस्तीमा बसोबास गर्ने १ सय ३० घरधुरीमा पुगेर विपद् सचेतना तथा आपतकालिन कोष बृद्धिको लागी मुठी दान संकलन कार्य सुरु गरिएको सुन्दरनगर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक सर्वजित रोकायाले बताउनुभयो । संयोजक रोकायाले सुन्दरनगर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु घर–घरमा पुगेर विपद् सचेतना सहित आपतकालिन कोष बृद्धिको लागी मुठी दान संकलन कार्य अघि बढाईएको उहाँले बताउनुभएको छ् ।


मुठी दानमा सहभागी सुन्दरनगर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका सचिव कमल भण्डारी खड्काले गएको वर्षमा संकलन गरिएको मुठी दानको रकमले बाढीले घर बगाएको परिवार तथा गाँउ घरमा विपन्न घरपरिवारलाई बिरामी भएको अवस्थामा सहयोग गरिएको बताउनुभएको छ् । गाँउ बस्तीमा विपद् आएको बेला विपद्मा परेकाहरुलाई सहयोगार्थ मुठी दान संकलनले ठुला सहयोग गर्दै आएको उहाँले बताउनुभयो । बाढी, आगलागी जस्ता विपद् आउदा तत्कालै प्रभावित परिवारलाई खाद्यान्न वा प्राथमिक सहायता उपलब्ध गराउन यसले ठुलो भूमिका खेल्दै आएको निड्स नेपाल कञ्चनपुर स्कोपआरथ्री परियोजनाका सहजकर्ता रेनु विकले बताउनुभयो ।

समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुन:लाभका लागि आवश्यक खाद्यान्न तथा रकमको जोहो गरि संकलन गरि प्रभावित परिवारलाई सुन्दरनगर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समिति सहयोग गर्दै आएको सहजकर्ता रेनु विकले बताउनुभएको छ् । स्थानीय तहमानै आत्मनिर्भरता बढाउने र विपद् उत्थानशील समुदाय निर्माण गर्ने कार्यमा स्थानियबासीहरु कस्सीएको सहजकर्ता विकले बताउनुभयो ।

सुन्दरनगर प्रकृती सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई विपद्बाट बच्न बिभिन्न प्रकारको तालिम तथा सहयोग सामग्री, स्थानियबासीहरुलाई जिविकोपार्जनमा सहयोग लगाएत निड्स नेपाल कञ्चनपुरले सहयोग गर्दै आएको उहाँले भनाई छ् ।






