दोधारा चाँदनीका किसानलाई अनुदानमा स्प्रे ट्याङ्की


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ मा किसानहरुलाई अनुदानमा स्प्रे ट्याङ्की बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा ३० जना किसानहरुलाई स्प्रे ट्याङ्की बितरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयमा किसानहरुलाई उक्त सामग्री बितरण गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो ।

आधुनिक प्रविधि प्रयोग बढाएर उत्पादन लागत घटाउने र किसानको आम्दानी बढाउने उद्देश्यले किसानहरुलाई स्प्रे ट्याङ्की वितरण गरिएको वडाध्यक्ष धनाडीले बताउनुभएको छ् ।

यस्ता उपकरणले कृषिलाई आधुनिक र व्यवसायिक बनाउन सहयोग पुग्ने उहाँको भनाई छ् । अनुदानमा स्प्रे ट्याङ्की पाएपछि किसानहरु वडाका जनप्रतिनिधीहरुलाई धन्यबाद दिएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img