आजदेखि बेदकोटमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता


कञ्चनपुर : आज शुक्रबारदेखि कञ्चनपुरमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुन लागेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मुल नाराका साथ जिल्ला खेलकुद समितिको आयोजनामा १६औँ संस्करण अन्र्तरगत राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुन लागेको हो । जिल्लाको बेदकोट नगरपालिका ६ सिसैैया स्थित भुवनेश्वरी माध्यामिक विद्यालयको प्राङगणमा हुन लागेको प्रतियोगिताको तयारी पुरा आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले प्रतियोगिताको आन्तरिक तथा भौतिक फिल्डको तयारी पुरा भएको बताए । अध्यक्ष सिहले प्रतियोगितामा दिउँसो २ बजे औपचारिक रुपमा उद्घाटन हुनेछ । हुने सबै विद्याका खेलकुदमा प्राविधिक टिम तयारीदेखि फिल्ड तयारी पुरा भएको बताए । अध्यक्ष सिहका अनुसार ६ खेलकुदका विद्याहरु भलिबल, कब्डी, एथलेटिक्स, तेक्वाण्डो, कराँते, उसुका खेलाडीविच प्रतिस्पर्धा हुनेछ ।

हरेक पालिबाट भलिबल तर्फ छात्रछात्र ९÷९, कबड्डी छात्रछात्रा ९÷९, एथलेक्टिेक्स छात्रछात्रा ११÷११, तेक्वाण्डो छात्रछात्रा ६÷६, कराँते ६÷६ र उसु ६÷६ गरेर हरेक पालिकाबाट ९४का दरले ८सय ४६खेलाडीविच प्रतिस्पर्धा हुन लागेको छ ।
अध्यक्ष सिहले गत बर्ष बेदकोट नगरका मेयर भोजराज बोहराले यस पटक जिल्ला स्तरिय प्रतियोगिता आफ्नो पालिकाले गर्ने प्रतिबद्धता अनुरुप बेदकोट नगरमा गर्न लागेको बताए ।

यस अघि १४औँ जिल्ला स्तरिय संस्करण बेलौरी, १५औँ शुक्लाफाँटा र अहिले १६औँमा बेदकोट नगरमा हुन लागेको छ । तीनदिनसम्म संचालन हुने जिल्ला स्तरिय प्रतियोगिताबाट छनौट हुने खेलाडी सुप प्रदेश स्तरियदेखि राष्ट्रिय प्रतियोगितासम्मै छनौट हुनेछन । जिल्ला स्तरिय प्रतियोगितामा सहभागिताका लागि कञ्चनपुर जिल्लाभरीका खेलाडी, प्रशिक्षकको सहभागिता हुनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img