कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)का सबैभन्दा बढी विद्यार्थी उर्तिण भएका छन । माध्यामिक परीक्षा शिक्षा(एसईई) ०८२मा महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)का सबैभन्दा बढी विद्यार्थी उर्तिण भएका हुन ।

भीमदत्त नगरपालिका १८कटान स्थित उक्त विद्यालयका कञ्चनपुर जिल्लामै सबैभन्दा बढी विद्यार्थी उर्तिण भएका हुन । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुुसार जिल्लामै सरकारी तथा निजी विद्यालय गरेर २सय १३विद्यालय मध्ये सबैभन्दा बढी महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)कै विद्यार्थी रहेका छन । उक्त विद्यालयका ७० प्रतिशत विद्यार्थी उर्तिण भएका छन ।

महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)का प्रद्यानाध्यापक देवराज भट्टले २सय ८१विद्यार्थी मध्ये १सय ९७विद्यार्थी उर्तिण भएको बताए छन । जसमध्ये एप्लस जिपिए ल्याउने ४४ र ए जिपिए ल्याउने ७० रहेका छन । प्रअ भट्टले तुलनात्मक रुपमा जिल्लामै बढी विद्यार्थी उर्तिण भएपनि अपेक्षा भन्दा कम विद्यार्थी उर्तिण हुनुपर्ने भएको बताए । उनका अनुसार ३.९५ जिपिएर ल्याएर आरोही ऐडी र ३.९१जिपिएर ल्याएर बबिता भट्ट टपर विद्यार्थी भएका छन ।

महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)का व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यालयले अपेक्षा भन्दा केही नतिजा कम भएको बताए । अध्यक्ष विष्टले जिल्लाभै उत्कृष्ठ नतिजा आएको बताउँदै ग्रेटबृद्धिमा थप विद्यार्थी उर्तिण हुने अपेक्षा गरे । उक्त नमुना विद्यालयले हरेक बर्ष बढी विद्यार्थी भर्नादेखि उर्तिण गराउन सफल भएको छ ।






