बेदकोट ८ को शैक्षिक सुधारका लागि सरोकारवाला जागे


कञ्चनपुर : कञ्चनपुरको एक वडा कार्यालयले समग्र वडाको शैक्षिक सुधारका लागि सरोकारवालासंग अन्तरकृया गरेको छ । बेदकोट नगरपालिका ८ वडा कार्यालयले समग्र वडाको शैक्षिक सुधारका लागि सरोकारवालासंग अन्तरकृया गरेको हो । वडा कार्यालयले गठन गरेको शैक्षिक सुधार सुझाव कार्यदलले समग्र वडाको शैक्षि सुधारका लागि सरोकारवालासंग छलफल शुरु गरेको जनाएको छ । वडा कार्यालयले मावि तहका शिक्षक समेत रहेका लक्ष्मी माविका प्रद्यानाध्यापक प्रमानन्द नाथको संयोजकत्वमा गठन गरेको कार्यदलले आइतबार वडाका जनप्रतिनिधी, अभिभावकदेखिका सरोकारवालासंग प्रारम्भिक छलफल गरेको छ ।

कार्यदलका संयोजक समेत रहेका शिक्षक प्रमानन्द नाथले वडामा रहेको एकमात्रै सामुदायिक विद्यालयको बृद्धि विकासदेखिका अन्य शैक्षिक संघ संस्थाको समग्र सुधारका लागि छलफल शुरुवात गरिएको बताए । उनका अनुसार वडाको एक मात्रै सामुदायिक विद्यालय बैजनाथको कसरी उन्नयन गर्न सकिन्छ , असल पक्ष के के छन् र सुधार गर्नुपर्ने अतिआवश्यक के छ सो बारे छल बिमर्श गरिएको बताए । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले समग्र वडाको शैक्षिक उन्नतीका लागि कार्यदल बनाएको र उक्त कार्यदलले शैक्षिक समस्या, समाधानका लागि उपाया सहितका सुधारका कार्यक्रम अघि बढाउने बताए ।

बैजनाथ माविका प्रद्यानाध्यापक पदम ब. बोहोराले वडाको एक मात्रै रहेको सामुदायिक विद्यालयको चौतर्फि बृद्धि विकासमा वडा सरकारदेखिका सरोकारवाला निकाय गम्भिर हुनुपर्ने बताए । बैजनाथ विधालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त ब. सिंहको अध्यक्षतामा भएको कार्यक्तममा, वडा अध्यक्ष महेश राज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष एवम् पदाधिकारी, विद्यालयका शिक्षक कर्मचारी, शैक्षिक सुधार सुझाव कार्यदल का संयोजक एवम लक्ष्मी मा वि बगफाटाका प्रधानाध्यापक परमानन्द नाथ, कार्यदल सदस्यहरु बीच वडाको भिजनरी र अलि समय बढी दिन सक्ने हुनुपर्छ। त्यस्तै कार्यक्रमको संचालन शिक्षक राजेन्द्र प्रसाद भट्टले गरेको थियो।


ताजा समाचार

spot_img