नौलाकेदार सडक निर्माणमा ढिलासुस्ती: अनुगमनपछि काम सुरु हुने


कञ्चनपुर — बेदकोट नगरपालिका–८ स्थित नौलाकेदार मार्ग लामो समयदेखि विभिन्न बहाना देखाउँदै अलपत्र पारिएको विषयले स्थानीय जनतामा व्यापक असन्तुष्टि बढ्दै गएको छ। स्थानीयवासीहरूको लगातार गुनासोपछि उक्त विषय कञ्चनपुर क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र सिंह महतासम्म पुगेको थियो। जनगुनासोको पुगे लगत्तै सांसद महता प्रमुख जिल्ला अधिकारी मदन कोइराला, प्रहरी प्रमुख खड्क बहादुर खत्री सहित स्वयं निर्माण स्थलमै पुगेर स्थलगत अनुगमन गर्नुभएको हाे।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी कोइरालाले ठेकेदार कम्पनी बिजुलिया बिल्डर्सका प्राेप्राइटर निर्मला सापकाेटालाई ढिलासुस्तीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै तत्काल निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभयो। उहाँले अब कुनै पनि बहानामा काम रोक्न नपाइने स्पष्ट पार्दै समयमै काम सम्पन्न गर्न निर्देशन समेत दिनुभयो। साे पछि उपस्थित बिजुलिया बिल्डर्सका प्राेप्राईटर सापकाेटाले भोलिदेखि नै निर्माण कार्य पुनः सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।

उनीहरूले कामलाई तीव्रता दिँदै निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त छन्। साथै प्रजिअ मदन काेईरालाले निर्माण कम्पनीका प्राेप्राईटर निर्मला सापकाेटालाई आवश्यक कागजात सहित सिडियाे कार्यालय उपस्थित हुन निर्देशन दिनु भयाे । लामो समयदेखि सडक अलपत्र पर्दा स्थानीय बासिन्दाहरूले आवतजावतमा समस्या भोग्दै आएका थिए। अब भने निर्माण कार्य सुचारु हुने अपेक्षासँगै स्थानीयमा केही राहतको अनुभूति भएको छ।


ताजा समाचार

spot_img