पत्रकार महासंघद्वारा जिसस मार्फत कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन


कञ्चनपुर : नेपाल पत्रकार महासंघले जिल्ला समन्वय समिति मार्फत कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पत्रकार महासंघ केन्द्रीय कार्यक्रम अन्र्तरगत जिल्ला शाखाले जिल्ला समन्वय समिति मार्फत कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुुरेश सिह धामीले सरकारले निजी संचार माध्यमलाई सुचना, विज्ञान निषेध गरेपछि जिल्ला महासंघले समेत जिसस मार्फत ९वटै पालिकामा ज्ञापन पत्र बुझाएको बताए । अध्यक्ष धामीका अनुसार जिसस प्रमुख दुर्गादत्त बोहरालाई ज्ञापन पत्र बुझाईएको छ ।

ज्ञापन पत्र बुझ्दै जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराले सबै पालिकामा पठाउनेदेखि लोकतन्त्र रक्षाका लागि भूमिका निर्वाह गर्ने संचार क्षेत्र सरक्षण, प्रर्बद्धन राज्यको दायित्य भएको बताए ।


ताजा समाचार

spot_img