सार्क स्कुलमा ल्याब र स्टीम आधारमा पठन पाठन


कञ्चनपुर :कञ्चनपुरको एक निजी विद्यालयले चालु शैक्षिक सत्रदेखि नयाँ शिक्षण विधी अबलम्बन गरेको छ ।
भीमदत्त नगरपालिका ४महेन्द्रनगरको सार्क एजुकेसन फाउण्डेशन(सार्क स्कुल)ले ०८३देखि नयाँ शिक्षण विधी अबलम्बन गरेको हो ।

सार्क स्कुलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले विश्वमा शैक्षिक बजारको आवश्यकता माग अनुरुप जनशक्ति तयार पार्नका लागि स्मार्ट विधीबाट पठन पाठन गरिने बताए । उनका अनुसार ल्याब र स्टीम विधी अनुरुप कक्षा संचालन हुने भएका छन । त्यसका लागि सरचना निर्माण भईरहेको र आउँदा सातादेखि कक्षा संचालन हुने भएकाले तयारी पुरा भएको बताए । ‘विद्यार्थीको मनोविज्ञान अध्ययन गरेर हरेक विषयका ल्याब तयार गरेर अघि बढेका छौँ, ‘उनले भने, ‘आज भन्दा १०÷१५ बर्षपछि विश्व बजारमा आवश्यक जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

ल्याबका साथ विज्ञान, प्रविधी, अनुसन्धान, ईन्जिनियरिङ्ग, कला, गणित र वातावरण सम्बधीका रिसर्चका कार्यक्रम संचालन गरिनेछन । सार्क एजुकेसन फाउण्डेशन(सार्क स्कुल)का प्रिन्सिपल सुर्य घिमिरेले सिकाईका चारै आयामलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीलाई अब्बल बनाउने उदेश्य रहेको बताए । प्रिन्सिपल घिमिरेले सैद्धान्तिक भन्दा अभ्यासका आधारमा शिक्षण सिकाईले विद्यार्थीमा सिकाई अभिबृद्धि हुने हुने बताए । पछिल्ला दिनहरुमा सार्क स्कुलले शिक्षण सिकाई नयाँ तरिकाले गर्दै शैक्षिक स्तर बृद्धिका कार्यक्रम अघि सार्दै आएको छ ।


ताजा समाचार

spot_img