आर्थिक समृद्धिको लागी निड्स नेपालको वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण


पप्पु गुरुङ्ग, दोधारा । निड्स नेपालले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सामुदायिक विपद् व्यवस्थापन समितिहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ जनज्योती माध्यमिक बिद्यालयको एक सभा कक्षमा दुई वटा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई एक दिने वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको निड्स नेपालको स्कोपआरथ्री परियोजनाका सामाजिक परिचालिका रेनु विकले जानकारी दिनुभएको छ् । निड्स नेपालको सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा वडा दुई वटा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई एक दिने वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको सामाजिक परिचालिका रेनु विकले बताउनुभयो ।

वित्तिय चेतना अभिवृद्धि गराउन, बैंकिङ बानीको विकास गर्न, बैंकको खाता, ब्याज तथा ऋण सम्वन्धी जानकारी दिन, बैंकमा हुने सेवा सुविधाहरुबारे जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको निड्स नेपालको स्कोपआरथ्री परियोजनाका सामाजिक परिचालिका रेनु विकले बताउनुभएको छ् । सामुदायिक विपद् व्यवस्थापन समितिहरुको बैठकमा सदस्यहरुबाट संकलन रकम तथा ऋण प्रवाह लगाएत बिभिन्न समुहगत सहजताको लागी वित्तीय साक्षरता शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।

अभिमुखिकरणमा सहभागी यमुना मगरले सामुदायिक विपद् व्यवस्थापन समितिमा आबद्ध सदस्यहरुलाई वित्तीय कारोबार गर्ने विधिबारे जानकारी गराईएको बताउनुभएको छ् । पारिवारिक तथा समुहगत वित्तीय योजना, सहुलियतपूर्ण कर्जा र व्याजको प्रक्रिया, बिमा, क्रेडिट कार्डका विषयमा जानकारी पाएको उहाँले बताउनुभयो । पारिवारीक तथा समुहगतरुपमा वित्तीय कारोवार गर्न अभिमुखिकरणले निकै सहज हुने अभिमुखिकरणका सहभागी यमुना मगरले विश्वास ब्यक्त गर्नुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा निड्स नेपालले विपद् व्यवस्थापन, तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिविकोपार्जन, महिला शसक्तीकरण लगाएत बिभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् ।

 


ताजा समाचार

spot_img