कञ्चनपुर-३: जनप्रतिनिधि–नागरिक दूरी घटाउन सम्पर्क कार्यालय स्थापना


कञ्चनपुर — प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र सिंह महता को क्षेत्र नं. ३ मा जनतासँग प्रत्यक्ष सम्पर्क मजबुत बनाउने उद्देश्यले स्थापना गरिएको सम्पर्क कार्यालय को काम अन्तिम चरणमा पुगेको छ। जनगुनासो तथा स्थानीयका समस्या व्यवस्थित रूपमा संकलन गर्ने लक्ष्यसहित कार्यालय तयार पारिएको हो।

यस कार्यालयमार्फत अब नागरिकहरूले टोल फ्री नम्बरमार्फत वा सिधै सम्पर्क कार्यालयमै पुगेर आफ्ना गुनासा र सुझाव राख्न सक्नेछन्। यसले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने तथा समस्या समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सम्पर्क कार्यालयको औपचारिक उद्घाटन केही दिनभित्रै गर्ने तयारी भइरहेको सम्बन्धित पक्षले जनाएको छ। उद्घाटनसँगै सेवा नियमित रूपमा सञ्चालनमा आउनेछ।


ताजा समाचार

spot_img