विपद् व्यवस्थापन तथा पुर्व सूचना प्रणाली सम्बन्धी दोधारा चाँदनीमा अभिमुखिकरण


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुर्व सुचना प्रणाली सम्बन्धी विषयगत शाखा र पुर्व सुचना कार्य दललाई एक दिने अभिमुखिकरण सम्पन्न भएको छ् । निड्स नेपालको आयोजना, अक्सफाम नेपालको सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा विषयगत शाखा र पुर्व सुचना कार्य दललाई एक दिने विपद् व्यवस्थापन तथा पुर्व सुचना प्रणाली सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका सामाजिक परिचालक रेनु विकले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका १० वटा विपद् व्यवस्थापन समितिमा रहेका पुर्व सुचना कार्यदल र बिषयगत शाखाका पदाधिकारीहरुलाई उक्त अभिमुखिकरण सञ्चलन गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका सामाजिक परिचालक रेनु विकले बताउनुभयो ।

अबका केही दिनहरुमा बाढी आउने समय भएको हुदा विपद्को समयमै सूचना प्रवाह गरे जिउधनको क्षति न्यूनिकरण गर्न सकिने अभिप्रायले विपद् व्यवस्थापन तथा पुर्व सुचना प्रणाली सम्बन्धी एक दिने अभिमुखिकरण सञ्चालन गरिएको सामाजिक परिचालक रेनु विकले बताउनुभएको छ् । हरेक बर्ष बर्षायाममा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढी आउने र पुर्व सुचना प्रणाली सशक्त भएमा जोखिम कम हुने भएकोले बाढी पुर्व सुचना प्रणालीको अभिमुखीकरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयका शाखा प्रमुख अमृत विकले बताउनुभयो ।

बाढीको जोखिमको सही सुचना समयमै समुदायमा पुर्‍याउन सके जोखिम कम गर्न सकिने विपद् शाखा कार्यालयका शाखा प्रमुख अमृत विकले बताउनुभएको छ् । जीवन र जीविकोपार्जनलाई यस्ता विपद्का जोखिमको संकटबाट बचाउन प्रभावमा आधारित पूर्वानुमान सहितको पूर्वसूचनाको अत्यन्त महत्व रहेको शाखा प्रमुख अमृत विकले बताउनुभएको छ् ।

पछिल्लो समयमा विपद्का घट्ना बढिरहेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्न सम्बन्धित सबै निकाय बीच आपसी सहयोग र समन्वयको खाँचो अभिमुखिकरणमा सहभागीद्धारा औंल्याईएको छ् ।

 


ताजा समाचार

spot_img