जिल्ला खेलकुल समिति कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्र सिह


कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर खेलकुद समितिको नेतृत्व खेलाडी ज्ञानेन्द्र बहादुर सिहलाई जिम्मेबारी दिएको छ । प्रदेश सरकार समाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले कञ्चनपुर खेलकुद समितिको अध्यक्षमा सिहलाई जिम्मेबारी दिएको हो । २बैशाख ०८२मा प्रदेश खेलकुद परिषद्ले सिहलाई जिल्ला खेलकुद समिति कञ्चनपुरको अध्यक्षमा नियुक्त गरेको हो । सिहलाई प्रदेश खेलकुद नियमावली ०७७को नियम ५(क)अनुसार चार बर्षका लागि अध्यक्षमा नियुक्त गरेको जनाएको छ । परिष्दका सदस्य सचिव लोक बहादुर खडकाले हस्ताक्षर गरेको नियुक्ती पत्रमा शुक्लाफाँटा नगरपालिका ७कालापानीका स्थानीय सिहलाई खेलकुद परिषद्को अधिनमा रहेर कामकाज गर्न निर्देशन गरिएको छ ।

झण्डै डेढ दशकदेखि खेलकुद क्षेत्रमा सकृय रहेका सिह तेक्वान्दो खेलका खेलाडी तथा अगुवा हुन । जिल्ला खेलकुद समिति कञ्चनपुरको जिम्मेबारी पाएका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले जिम्मेबारी निर्भिकताका साथ पुरान गर्ने प्रतिज्ञा गरेका छन । यस अघि सिह खेलकुद समितिका उपाध्यक्ष थिए । दुई पटक तेक्वान्दो संघका अध्यक्षको जिम्मेबारी पुरा गरेका सिह नेपाली काँग्रेस सुप प्रदेश खेलकुद विभागका कमाण्डर समेत हुन । प्रदेशमै खेलकुद क्षेत्रमा ख्याती कमाएका सिहलाई जिल्ला खेलकुद समितिको नेतृत्व दिएपछि खेलकुद क्षेत्र उत्साहित भएका छन ।

तेक्वान्डोका खेलाडी हेम बहादुर बस्नेतले खेलकुदमा खेलाडी पृष्टभूमिका अगुवा ज्ञानेन्द्र सिहले जिम्मेबारी पाएपछि खेलकुद विकासमा टेवा पुग्ने बताए । सिहलाई कञ्चनपुर खेलकुदको जिम्मेबारी दिएसंगै उनका सहकर्मीदेखि शुभचिन्तक हर्षित भएका छन । कञ्चनपुरका स्थानीय अगुवा विकास श्रेष्ठले अब समग्र खेलकुदको बृद्धि विकास गर्दै अब्ब जिल्ला बनाउनुपर्ने सुझाव दिएका छन । यस अघि केन्द्र सरकारले गर्दै आएको जिल्ला खेलकुद समिति नियुक्त पछिल्ला बर्षहरुमा प्रद्रेश सरकारले गर्दै आएको छ ।


ताजा समाचार

spot_img