कञ्चनपुर : मलामी गएका कञ्चनपुरका एक युवक महाकाली नदीमा वेपत्ता भएका छन । मंगलबार शुक्लाफाँटा नगरपालिका ७ जुडा कालापानीका ४५ बर्षिया प्रकास बहादुर सिह नदीमा वेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक डम्बर भट्टले दिउँसो भीमदत्त नगरपालिका ११भुजेला महाकाली क्षेत्रमा नुहाउने क्रममा सिह वेपत्ता भएको बताए । प्रहरी निरीक्षक भट्टका अनुसार सिह छिमेकी ७० बर्षिया स्वर्गिय धना भट्टको मलामी आएका थिए । भट्टको सदगत गरेर घर फर्किएर नुहाउने क्रममा सिह वेपत्ता भएका छन ।

सिहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित स्थानीय खोजिकार्यमा जुटेका छन । नयाँ बर्ष ०८३कै दिन कालापानीकी बृद्ध भट्टसंगै युवा सिह गुमेपछि दुवै परिवारदेखि गाँउ नै शोकमा डुबेको छ ।







