जनताको विश्वास नै मेरो राजनीतिक पूँजी हो : पूर्वमन्त्री एनपी साउद


कञ्चनपुर : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय नेता नारायणप्रकाश (एनपी) साउदले जनताको आशा, अपेक्षा र भावनाअनुरूप काम गर्दै आएको बताउनुभयो। “राजनीतिमा मेरो सबैभन्दा ठूलो शक्ति भनेकै जनताको विश्वास र स्नेह हो,” उहाँले भन्नुभयो, “यो विश्वास नटुट्ने गरी काम गर्नु मेरो पहिलो र अन्तिम दायित्व हो।” उहाँले विगतमा जनताका पक्षमा इमानदारीपूर्वक काम गरेकै कारण निरन्तर जनसमर्थन प्राप्त हुँदै आएको उल्लेख गर्नुभयो।

साउदका अनुसार जनतासँगको आत्मीय सम्बन्ध, दुःख–सुखमा साथ र विकासका काममा देखाएको सक्रियताले नै आफूलाई फेरि उम्मेदवारी दिन प्रेरित गरेको हो। प्रतिनिधि सभा विघटनका कारण आफ्ना धेरै विकास योजना र दीर्घकालीन कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्न नपाएको जनाउँदै उहाँले अब नयाँ दृष्टिकोण र स्पष्ट योजनासहित जनतामाझ जाने बताउनुभयो। “संसद विघटनले विकासको गतिमा अवरोध आयो,” उहाँले भन्नुभयो, “अब त्यो अधुरोपन पूरा गर्ने अवसर खोज्दै पुनः जनताको अदालतमा आएको हुँ।” नेता साउदले कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का लागि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र सामाजिक न्यायलाई प्रमुख प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

क्षेत्रका ग्रामीण तथा सहरी बस्तीमा समान विकासको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले जनजीविकासँग प्रत्यक्ष जोडिएका योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषकलाई उत्पादनसँगै बजारको सुनिश्चितता गर्ने र शिक्षा तथा स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने विषयलाई चुनावी एजेन्डाको केन्द्रमा राखिएको बताउनुभयो। “जनतामाझ पुगेर विकासका स्पष्ट एजेन्डासहित मत माग्ने तयारीमा छु,” साउदले भन्नुभयो, “व्यक्तिगत लाभ होइन, समग्र क्षेत्रको हितका लागि काम गर्ने मेरो प्रतिबद्धता अडिग छ।”


Loading Viewer...

ताजा समाचार

spot_img