कञ्चनपुरका उखु किसान भन्छन, ‘न्यायोचित मुल्य निर्धारण गरिदिनु¥यो’


कञ्चनपुर : कञ्चनपुरका उखु किसानले समय सापेक्ष किशानमैत्री उखुको मुल्य निर्धाण गर्न माग अघि सारेका छन । बेलौरीमा भएको जिल्लाका उखु किसानको भेलाले समय सापेक्ष किशानमैत्री उखुको मुल्य निर्धाण गर्न माग अघि सारेका हुन ।

चिनी बनाउनका लागि चाहिने सबैभन्दा महत्वपूर्ण बस्तु उखु उत्पादनका लागि लागत बढी प्रतिफल कम हुने भएकाले अब लागतको तुलनामा किसानलाई मर्का नपर्ने गरी सरकारले न्यायोचित मुल्य निर्धाण गर्नुपर्ने आवाज उठिरहेको छ । चिनी सहितका सबैतिर मुल्य बृद्धि भईरहेका बेला किसानले उत्पादन गरेको उखुको समेत मुल्य बृद्धिको माग अघि सारिएको हो ।

उखु उत्पादक किसान हकहित तथा सरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतन कुमार राईले यस अघि निर्धारण गरिएको मुल्यमा किसान जहिल्यै पनि मारमा परिरहेको भन्दै अब किसानको मेहनतको प्रतिफल आउने गरेर न्यायोचित मुल्य निर्धाणका लागि जिल्लाका उखु किसानले माग अघि सारेको बताए । कोषाध्यक्ष राईले उखुक किसानका पीडा बुझिदिन सरकारसंग आग्रह गरेका छन ।

उखु उत्पादक किसान हकहित तथा सरक्षण समिति कञ्चनपुरका अध्यक्ष हरि चन्द(ठकुरी)ले उखु किसान किसानले अब समान्य उखुको साढे ६सय र उन्नतको सातसय मुल्य निर्धाण नहुँदासम्म बिक्रि वितरण नगर्ने बताएका छन । अध्यक्ष चन्दले गत विगतदेखि उखु किसानमाथि अन्याय भएको बताउँदै अब न्याय नहुँदासम्म अघि नबढने चेतावनी दिएका छन । कञ्चनपुरमा मात्रै १०ंऔँ हजार उखु किसानले चिनको मुल्य दिन दुईगुना रात चौगुना मुल्य बढ्याको बढ्यै हुन, तर किसानलाई न सुविधा, न राहत न मेहनतको मुल्य भन्दै दुखेसो पोखेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img