यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मानव अधिकार अवस्था सम्बन्धी छलफल


महेन्द्रनगर: यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको मानव अधिकारको अवस्था तथा राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिसको कार्यान्वयनको अवस्थाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ।

सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित सहयात्रा नेपालको सभाहलमा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरको आयोजनामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो।

छलफलका क्रममा सहभागीहरूले स्थानीय सरकारले शिक्षा पाठ्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसम्बन्धी विषय समावेश गरेमा अझ प्रभावकारी हुने सुझाव दिनुका साथै आगामी दिनमा नीति तथा कार्यक्रमहरूलाई थप परिमार्जन गर्दै समावेशी बनाउनुपर्ने विषयलाई विशेष जोड दिनुभएको थियो।

उक्त छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका प्रतिनिधि गणेश जोशी सहयात्रा नेपालका प्रमुख चल्स बोन सिजापति लगायत यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो।


ताजा समाचार

spot_img