कञ्चनपुर : जेनजी समुह कञ्चनपुरका युवा विद्यार्थी आन्दोलनकारीले नेकपा एमाले नेतृ निरुदेवी पालको घरमा पनि तोडफोड गरेका छन । एमाले पोलिट्ब्यूरो सदस्य समेत रहेकी पुर्व सांसद पालकोे घर तोडफोड गरेका हुन । भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजारमा रहेकोे पालको व्यवसायीक घर तोडफोड गरेका हुन ।

आन्दानेलनकारीहरुले हत्यारा प्रधानमन्त्री केपी शर्मा ओलीकी छोरी पालको घर पनि तोडफोड गरेको जनाएका छन । यसैविच बेदकोट नगरका मेयर भोजराज बोहरा र भीमदत्त नगरका मेयर पदम बोगटीको घरमा पनि ढुङगामुढा प्रहार गरेर तोडफोड गरेका हुन । प्रशासनले कञ्चनपुरका कफ्यु आदेश जारी गरेपनि प्रर्दशनकारीहरुले आन्दोलन जारी राखेका छन ।







