जेनजी आन्दोलन नहसंकार बिरुद्ध : कञ्चनपुरका यातायात, उद्योगी व्यवसायी मजदुर पनि सडकमा


कञ्चनपुर : भ्रष्टाचार र समाजिक सञ्जाल बिरुद्ध जेनजी आन्दोलनमा सरकारले नरसंहार गरेको बिरोधमा कञ्चनपुरका यातायात उद्योगी, व्यवसायी मजदुर आन्दोलनमा उत्रिएका छन । नरसंहार बिरुद्ध जिल्लाका यातायात व्यवसायी, उद्योगी र मजदुर आन्दोलनमा उत्रिएका हुन । यातायातका सवारी साधन, पसल, उद्योग बन्द गरेर व्यवसायी सरकार बिरुद्ध सडकमा आएका छन ।

यातायात मजदुर रमेश ठगुन्नाले सरकारले टाउको, छातीमै ताकेर गोली प्रहार गरेको भन्दै त्यस बिरुद्धमा आन्दोलनमा उत्रिएको बताए । उनले घटनाको बिरोधका लागि यातायात मजदुर सहित सवारी साधनका संचालकहरु आन्दोलनमा उत्रिएको बताए । महेन्द्रनगरका व्यवसायी रतन भट्टले नागरिकको सुरक्षा दिनुको साटो हत्या गर्ने सरकारको औचित्य समाप्त भएकाले पसल बन्द गरेर आन्दोलनमा उत्रिएको बताए ।

पवनदुत सार्वजनिक यातायात प्रालिका अध्यक्ष महेश बोहराले सरकारले नागरिकमाथि अत्याचार गरेको बिरोधमा एकदिन यातायात बन्द गरेको बताए । ‘हरेक आन्दोेलनमा हामीले यतिसम्म अत्याचार कहिल्यै देखेनौँ, ‘उनले भने, ‘अहिलेको सरकारले नागरिकमाथि अत्याचार नै गरेकोे छ, त्यसको बिरोधमा एक दिन यातायात स्वत बन्द गरेका छौँ, यसलाई शोक बनाउन थालेका छौँ ।’

महाकाली बहुउदेश्यीय यातायात प्रालिका अध्यक्ष डम्बर राज पन्तले भ्रष्टाचार बिरुद्ध जेनजी आन्दोलनमा सरकारबाट भएको नरसंहारको बिरोधमा स्वत जिल्लाभरीका एक दिन बिरोध स्वरुप यातायात बन्द गरेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी र महासचिव खगेश्वर प्रशाद बोहराले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनाको बिरोधमा एकदिन उद्योग, पसल बन्द गरिदिन आब्हान गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img