रेडियन्ट माध्यमिक विद्यालयमा गौरा पर्व मनाईयो


कञ्चनपुर : गौरा पर्वको अवसर पारेर कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयमा शुक्रबार बिभिन्न कार्यक्रमहरु गरी गौरा पर्व मनाईएको छ । विद्यार्थीहरुलाई गौरा पर्वको बारेमा जानकारी दिने उद्देश्यले देउडा खेल खेलाउनुका साथै गौरा पर्वमा महिलाहरुले लगाउने विशेष प्रकारको धागो दुबधागो बनाउने तरिका समेत विद्यार्थीहरुलाई सिकाईएको थियो ।

त्यस्तै कार्यक्रममा गौरा पर्व मनाउने प्रक्रिया र तरिकाको बारेमा विद्यार्थीहरुलाई बताउनुका साथै गौरा पर्वमा बिरुडा भिजाउँदा र बिरुडा पखाल्दा गाईने गीत (फाग) को बारेमा समेत जानकारी दिई विद्यार्थीहरुलाई फाग गाउन समेत सिकाईएको थियो । कार्यक्रममा बोल्दै विद्यालयकी शिक्षिका जगदेश्वरी पन्तले विद्यार्थीहरुलाई गौरा पर्वको महत्वका बारेमा जानकारी दिनुका साथै सुदूरपश्चिमको विशेष मौलिकता बोकेको गौरा पर्वले यस क्षेत्रको लोक संस्कृति र सभ्यतालाई उजागर गर्ने हुँदा सबैले सबैले आ-आफ्नो संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले पछिल्लो समयमा युवा पुस्ताहरुले आफ्नो संस्कृति बिर्सर्दै गइरहेको हुँदा विद्यार्थीहरुलाई गौरा पर्वको बारेमा जानकारी दिनका लागि विद्यालयले गौरा विशेष कार्यक्रमको आयोजनना गरेको र गौरा पर्व जस्ता हाम्रा मौलिक चाड पर्व तथा संस्कृतिहरुको जगेर्ना गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभयो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुले एक आपसका गौरा पर्वको शुभकामना समेत आदान प्रदान गरेका थिए ।


ताजा समाचार

spot_img