सुदूरको सस्कृति सरक्षण गर्न गणेश सामुदायिक वनद्वारा देउडा कार्यक्रम


कञ्चनपुर : सुदूरपश्चिमको लोक संस्कृति सरक्षण गर्नका लागि कञ्चनपुरको एक सामुदायिक वनले देउडा खेल कार्यक्रम गरेको छ । बेदकोट नगरपालिका ६ मुसेपानीको गणेश सामुदायिक वन उपभोक्ता समुहले गौरा महोत्सव एव देउडा खेल कार्यक्रम राखेको होे । आउँदो सोमबारदेखि बुधबारसम्म गौरा महोत्सव एव देउडा कार्यक्रम राखेकोे जनाएको छ ।

गणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष किसन सिह भण्डारीले लोभ हुँदै गएको सुदूरको संस्कृति देउडा खेलको सरक्षणका साथै वन वातावरण सरक्षणका लागि देउडा खेल कार्यक्रम गरिएको बताए । अध्यक्ष भण्डारीले सुदूरका चर्चित सहितका स्थानीय देउडियाहरुबाट देउडा खेल खेलाईने बताए ।

हरेक दिन प्रमुख अतिथि सहिता अन्य अतिथिहरु परिर्वतन हुने बताए । गणेश सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष रामसिह धामीले सामुदायिक वनबाट आफ्नो मौलिक लोक संस्कृति सरक्षण गर्नका लागि गौरा महोत्सवसंगै देउडा खेल कार्यक्रम राखिएको बताए । उनले उक्त कार्यक्रममा सहभागितादेखि अवलोकनका लागि आग्रह गरेका छन ।


ताजा समाचार

spot_img