रेडियण्ट मा.बि. का विद्यार्थीहरुका लागि रुपान्तरण ई-लर्निङ कार्यक्रम संचालन


कञ्चनपुर : जीवनोपयोगी शिक्षा मार्फत किशोर किशोरीहरुलाई सशक्त बनाउने उद्देश्यले कञ्चनपुरको रेडियन्ट माद्यमिक विद्यालयमा रुपान्तरण ई-लर्निङ प्लेटफर्म कार्यक्रम सञ्चालनमा आएको छ । युनिसेफ, युएनएफपिए र नेपाल सरकारको सहकार्यमा विकास गरिएको रुपान्तरण ई-लर्निङ कार्यक्रमको बारेमा जानकारी दिनका लागि विद्यालयमा आयोजना गरिएको कार्यक्रममा रुपान्तरण प्रदेश सहजकर्ता मनिषा पालले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा सो प्लेटफर्म मार्फत किशोर किशोरीहरुले जीवनोपयोगी शिक्षा लिन सक्ने र ईन्टरनेटको माध्यम मार्फत सो कोर्ष पुरा गरेपछि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिने सहजकर्ता मनिषा पालले बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले विद्यालयमा आयोजना हुने यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरुलाई बिभिन्न जीवन उपयोगी सीप सिक्न सहज हुने र किशोर किशोरीहरुमा आउने चुनौतीहरु सामना गर्न मद्दत पुग्ने हुँदा रुपान्तरण ई-लर्निङ कार्यक्रम हरेक किशोर किशोरीहरुको लागि आवश्यक रहेको बताउनुभयो ।


ताजा समाचार

spot_img