सामाजिक कथामा आधारित सिरीयल “जीवन को पिडा” भोलि सार्वजनिक हुने

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका युवा निशान खत्रीको सामाजिक कथामा आधारित सिरीयल “जीवन को पिडा” भोलि सार्वजनिक हुने भएको छ।

ग्रामीण क्षेत्र बाट सामान्य घरपरिवारमा जन्म लिएका बेलडाँडी गाउँपालिका वडा नं. २ घर भएका युवा सांगीतिक क्षेत्रमा फड्को मार्दै उनले अभिनय गरेको टेलि शृङ्खला सामाजिक कथामा आधारित सिरीयल “जीवन को पिडा” भोलि निशान अफिसेल युटुब च्यानल बाट ७:३० बजे बेलुका सार्वजनिक हुने अभिनय कर्ता निशान खत्रीले बताएका छन्।

उनका अनुसार “बाल्यकाल देखि आफ्नो जीवनकालमा भोगेका यथार्थ कथामा आधारित र सामाजिक परिवेश लाई समेटिएको टेलि शृङ्खला “जीवन को पिडा” बनाइएको हो।”

सांगीतिक क्षेत्रमा एकाएक खत्रीले फट्को मार्न थालेको यो उनको जिन्दगीको नयाँ अभाव समेत रहेको छ। जसमा मानिसले जिन्दगीमा हरेक क्षेत्रमा बसेर सामाजिक विकृति लाई रोक्नु पर्ने समेत आवश्यक रहेको छ।

ताजा समाचार