कञ्चनपुर : कञ्चनपुरका युवा, युवतीहरुलाई स्व. जयराज भट्ट क्षमता विकास तथा सशक्तिकरण अन्र्तरगत क्षमता विकास नवप्रवर्तन तालिम लिईएको छ । समाजिक विकास कार्यालय कञ्चनपुरले जिल्लाका तीन पालिका दोधाराचाँदनी, भीमदत्त र बेदकोट नगरका युवाहरुलाई क्षमता विकास नवप्रवर्तन तालिम लिईएको हो । समाजिक विकास कार्यालय कञ्चनपुरका प्राविधिक सहायक बिमला खत्रीले तीनै नगरपालिकाबाट १०जनाका दरले ३० जना युवाहरुलाई तालिम दिएको बताईन ।

उनका अनुसार तीनदिनसम्म संचालन भएको तालिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नासु महानन्द जोशी, दोधाराचाँदनी नगरकी महिला शाखा प्रमुख डम्बरी पन्त र पतन्जली योग समिति कञ्चनपुरका महासचिव समेत रहेका युवा उद्यमी प्रेमसिह भाटले प्रशिक्षण दिएका थिए । बिहीबार एक कार्यक्रमका विच उक्त तालिमको समापन गरिएको छ । तालिमा सहभागि भएका युवाहरुले तालिमबाट व्यवसायिक उद्यमी बन्न विकासमा टेवा पुगेको बताएका छन । दोधाराचाँदनी नगरकी महिला निर्मला सुनारले तालिमले जिवनको बृद्धि विकासमा मार्ग निर्देशन जारी गरिएको बताईन ।

भीमदत्त नगरका युवा सागर सिह महताले अलग अलग विद्यामा जानकारी पार्इंएको बताउँदै स्वदेशमै रोजगारी गर्न सहज गरेको बताए । तालिम समापन गर्दै समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले जिल्लाका ९वटै पालिकाबाट १० जनाका दरले ९० युवाहरुलाई उक्त तालिम दिन लागेको बताए । ‘हामीले यस बर्ष कम्तिमा पनि जिल्लाका सबै पालिबाट प्रतिनिधिमुलक युवाहरुलाई क्षमता विकास तालिम दिएर उनीहरुलाई सक्षम बनाउने लक्ष्य अघि सारेका छौँ, ‘उनले भने, ‘सोही अनुरुप तीन पालिकाबाट एकै स्थानमा तालिम संचालन गरेका छौँ ।’

कार्यालय प्रमुख जोशीले तालिममा सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गर्दै स्वदेशमै उद्यमी बन्न आग्रह गरेका छन । जनयुद्धका क्रममा साहदत भएका युवा स्व. जयराज भट्टको स्मृतिमा सुप प्रदेश सरकारले जयराज भट्टको नामबाट प्रदेशका युवाहरुलाई तालिम दिन लागेको छ । तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको छ ।






