निर्मला हत्या प्रकरण : पत्रकार भण्डारीलाई कानुनि लडाइमा साथ दिने महासंघको प्रतिवद्द्ता


महेन्द्रनगर : नेपाल पत्रकार महासंघ शाखा कन्चनपुरले निर्मला हत्या प्रकरणलाई लिएर पत्रकार खेम भण्डारीमाथी दायर भएको अदालती मुद्दामा साथ दिने प्रतिवद्दता जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरले जेष्ठ २ गते बसेको कार्यसमितीको बैठकले शाखाका साधारण सदस्य खेम भण्डारी विरुद्ध कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनासंग सम्बन्धित रहेर समाचार प्रकाशनका क्रममा समाचार मार्फत गाली बेइज्जती गरेको भनी जिल्ला अदालत कञ्चनपुरमा दायर गरिएको मुद्धामा जेठ १ गते जिल्ला अदालत कञ्चनपुरबाट भएको फैसला बारे ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ -`कुनै पनि समाचारका विषयमा कुनै पनि व्यक्तिलाई समस्या पर्न गएमा, चित्त नबुझेमा तथा आपत्ती भएमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । यश प्रकारका प्रेस सम्बन्धि मुद्धाहरुको हालका वर्षमा प्रेस काउन्सिलबाट नियमन र दण्ड सजाय हुदै आएको छ । प्रेस काउन्सिल ऐनमा यस प्रकृतिका मुद्धाहरु हेर्ने, सजाय दिने क्षेत्राधिकार समेत तोकिएको छ ।´नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सधै वकालत गर्दै आएको छ ।

जिल्ला अदालत कञ्चनपुरको आदेशको सम्मान गर्दै पत्रकार खेम भण्डारीले सो फैसला विरुद्ध लड्ने आगामी कानुनी प्रक्रियामा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको ऐक्यवद्धता रहेको र आवश्यक कानुनी सहयोग तथा प्रबन्ध गर्ने व्यहोरा जानकारी गराईन्छ । विज्ञप्तिमा भनिएको छ। पत्रकार महासंघ कंचनपुरका सचीव कुन्दन पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा `नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनालाई गम्भीर रुपमा लिई तदारुकताका साथ अनुसन्धान, छानविन तथा दोशीलाई कारवाही गर्न समेत नेपाल सरकारसंग आग्रह गर्दछ ,´ उल्लेख छ।


Loading Viewer...

ताजा समाचार

spot_img