हिमालयन इन्स्योरेन्सद्धारा कृष्ण मावि सिमलफाँटामा अध्ययनरत विद्यार्थीलाई झोला वितरण

महेन्द्रनगर : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटास्थित कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ। मंगलबार हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले विद्यालयमा अध्ययनरत २ सय ७२ विद्यार्थीलाई झोला वितरण गरेको हो। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई झोला वितरण गरिएको हिमालयन लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश उपप्रमुख प्रमानन्द पन्तले बताए। ‘सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष सामाजिक कार्य गर्दै आएका छौं,’ उनले भने, ‘विद्यालयको आग्रहमा यहाँ झोला वितरण गरेका हौं, अगामी वर्ष विद्यार्थीहरुलाई पोशाक वितरण गर्नेछौं।’ सामाजिक उत्तरतदायित्व कार्यक्रम अन्तर्गत झलारी, महेन्द्रनगर र धनगढीमा सार्वजनिक धारा जडान गर्ने योजना रहेको उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकराज भट्टले विद्यार्थीहरुलाई झोला उपलब्ध गरेकोमा इन्स्योरेन्स परिवारलाई धन्यावाद दिए। ‘हाम्रो आग्रहलाई मानेर हिमालयन लाइफ इन्स्योरेन्सले २ लाख बढीका झोला सहयोग गरेको छ, अगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दछौं,’ उनले भने, ‘विद्यालयको सुधारका लागि निरन्तर लागी रहेका छौं, भर्ना नभएका विद्यार्थीहरुलाई भर्ना हुन् आग्रह गर्दछौं।’ कृष्ण माविमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न परिवारका छोराछोरी भएको बताउँदै प्रधानाध्यापक तेजबहादुर साउँदले हिमालयन इन्स्योरेन्सले झोला वितरण गरेर ठूलो सहयोग गरेको बताए।

‘हाम्रो विद्यालयमा विपन्न परिवारका बालबालिका पढ्छन्, कतिपय अभिभावक मजदुरी गरेर विद्यार्थीका आवश्यक सामाग्रीको व्यवस्थापन गर्छन्,’ उनले भने, ‘विद्यार्थीहरुलाई झोला सहयोग गरेकोमा हार्दिक धन्यावाद व्यक्त गर्दछु।’ साथै, विद्यालयले बालबालिकाहरुलाई छात्रबृति समेत वितरण गरेको छ। विद्यालयमा अध्ययनरत दालित छात्रछात्रा र अन्य छात्रा गरि ४९ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समतिका अध्यक्ष भट्टको अध्यक्षतामा भएको झोला वितरण कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश उपप्रमुख पन्त प्रमुख अतिथि रहेका थिए। झोला वितरण कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका झलारी शाखा प्रमुख महेशराज जोशी, बिमा अभिकर्ता, शिक्षक, अभिभावकहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालक शिक्षक प्रेम धानुकले गरेका थिए।

ताजा समाचार