शुक्लाफाँटा १२ मा विपद् प्रतिकार्य सम्बन्धी सामग्री हस्तान्तरण

झलारी : शुक्लाफाँटा नगरपालिका वडा नं १२ मा मंगलवार विपद् प्रतिकार्य सम्बन्धी आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । वातावरण संरक्षण तथा सामाज कल्याण संघ(पेसवान)ले प्रयाक्टीकल र एक्सनको सहयोगमा सञ्चालित समुदायका लागि जलवायू उत्थानशिल परियोजना(सिआरपी) अन्र्तगत रु ९० हजार बढीका सामग्री हस्तान्तरण वितरण गरेको हो ।

परियोजनका श्रोत व्यक्ति दमन चन्दका अनुसार वितरण गरिएका सामग्रीमा हेल्मेट, लाइभ ज्याकेट, ट्रेचर, बञ्चरो, हसिया, सावल, बेल्चा, प्राथमिक उपचार सम्बन्धी सामग्री, रुख काटने स्वचालित आरा, सेफ्टी टयुव,बुट, हेण्डमाईक, सिट्टि, डोरी, कामरो, आगो निभाउने उपकरण, टिनको बाकस, ताला, टर्चलाईट, हेड लाईट,लिभर, कोदालो,कर्मसियल चेनस, धातुको बाल्टी लगायत रहेका छन ।

“परियोजना अन्र्तगत गठित नगरपालिकाका समुदायलाई विपद्को पूर्व तयारी सम्बन्धी तालिम दिएका छौं” उहाँले भन्नुभयो “बाढी आएपछि पूर्व सूचना प्रणाली, प्राथमिक उपचार, खोज तथा उद्धार, राहत वितरण सम्बन्धीका कार्यहरु तालिम दिएर सिकाएका छौं ।” तालिम दिएर दक्ष बनाईएका सामुदायिक विपद् व्यवस्थापन समितिलाई विपद प्रतिकार्यका लागि सामग्री उपलव्ध गराईएको उहाँको भनाई रहेको छ ।

“जलवायु परिवतर्नको असर संगै अवैज्ञानिक तरिकाले प्रकृतिको दोहन गरिदा केही वर्ष यता देखि बाढीजन्य प्रकोपका घटनाहरु बढदै गएका छन” शुक्लाफाँटा नगरपालिका १२ का वडा अध्यक्ष नवल सिंह रानाले भन्नुभयो,“विपद्को अबस्थमा जुध्नका लागि स्थानिय समुदायको क्षमता अभिबृद्धि गर्नु आवश्यक छ, त्यसका लागि पेसवान संस्थाले जोखिम क्षेत्र पहिचान, जोखिम नक्सांकन गर्ने कार्यका लागि स्थानिय समुदायलाई अभ्यस्त गराएको छ, जोखिम बारे सचेत पनि पारेको छ ।” वितरण गरिएका सामग्रीले विपद प्रतिकार्यमा सघाउ पुग्ने उहाँको भनाई रहेको छ ।

ताजा समाचार