मेधावी सेकेण्डरी स्कूलद्धारा २५६९औ बुद्ध जयन्ती विबिध कार्यक्रम गरी मनायो

महेन्द्रनगर–मेधावी सेकेण्डरी स्कूल महेन्द्रनगरले विबिध कार्यक्रम गरी २५६९औ बुद्ध जयन्ती मनाएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। सोमबार स्कूलले ड्रईङ कम्पिटिसन, बक्तित्वकला प्रतियोगिता र रौटेलस्थीत बैजनाथ मन्दिर परिसरमा सरसफाई तथा बादरहरुलाई फलफुल खुवाएर गौतम बुद्ध जयन्ती मनाईएको हो ।

कक्षा ९ र १० का विद्यार्थीहरुले कञ्चनपुर जिल्लाकै धार्मिक तथा पर्यटकिय स्थल रौटेलामा रहेको बैजनाथ मन्दिर परिसरमा सरसफाई गरेको स्कूलका विज्ञान शिक्षक शिवम बस्नेत बताउनुभयो । उहाँका अनुसार विद्यालयका प्रिन्सिपल एवं एमडि महाशर्मा न्यौपानेलगायतका शिक्षक र ९० जना विद्यार्थी सरसफाई कार्यक्रममा सहभागि भएका थिए । त्यसैगरी मन्दिरपरिसरमै बादरहरुलाई पनि केरालगायतका फलफुल खान दिएको विज्ञान शिक्षक बस्नेतले बताउनुभयो ।त्यसैगरी बुद्ध जयन्तीको अवसरमा विद्यालयमा विद्यार्थीहरुविचमा बुद्ध भगवानको फोटो ड्रईङ्ग कक्पीटिसन गराईएको थियो । भने भगवान बुद्धकै बारेमा बक्तित्वकला प्रतियोगिता पनि गराईएको शिक्षक बस्नेतले बताउनुभयो ।

विद्यार्थीहरुलाई रौटेलास्थीत बैजनाथ मन्दिरपरिसरमा सरसफाई कार्यक्रममा सहभागि गराई समाजिक कार्यप्रति प्रेरीत गरीएको र विद्यार्थीलाई सैदान्तीक कितावी ज्ञानमात्र नदिई प्रयोगात्मक ज्ञान प्रदान गर्ने प्रयास गरीएको विज्ञान शिक्षक बस्नेतले बताउनुभयो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण(मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन्। इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रूपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । उनी २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए ।

ताजा समाचार