खडकबहादुर कोली /कञ्चनपुर: नेकपा एमालेका मजदुर नेता जयराज ओडकाे हृदयघातका कारणले निधन भएको छ। उनका भाई नम राज ओडले दाजु बिरामी थिएन अचानक हृदयघातका कारणले मृत्यु भएको बताएका छन ।

नेकपा एमाले मजदुर विशेष जिल्लाका कमिटीका सदस्य तथा पार्टी वडा कमिटी सदस्य समेत रहेका नेता ओडकाेअसामयिक निधनले नेकपा एमाले कञ्चनपुर पार्टीलाई ठूलो क्षति भएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा भीमदत्त नगरपालिका १८ नम्बर वडाका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले जानकारी दिएका छन। स्वर्गीय नेता जयबहादुर ओड ३दशक देखि नेकपा एमाले पार्टीमा लागेर आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेकाे र मजदुर आन्दोलन, दलित आन्दोलन ,भूमिन सुकुम्बासी लगायत आन्दोलनहरूमा समेत अग्रिम भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष देवकोटाले स्व. नेता ओडकाे प्रशंसा गरेका छन्।

नेकपा एमाले पार्टीका कार्यकर्ता , भातृ संगठन उनको घरमा गएर मृतपाथिक शरीर माथि पार्टीको झण्डा, मुक्ति समाजको झण्डा, जी फन्टको झण्डा ओडाएर श्रद्धाञ्जली अपर्ण गरेको र बैशाख २८ गते आईतबार महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएकाे नेकपा एमालेका प्रदेश उप सचिव नरबहादुर विश्वकर्माले बताएका छन्।

स्वर्गीय ओड को एक छोरा, तीन छोरीहरू छन् भने छोरा विदेशबाट आउन ढिलाई भएकाेले अन्त्यस्ठिमा ढिलाई भएको प्रदेश उप सचिव नर बहादुर विश्वकर्माले बताए । आफू मजदुर भएर पनि पार्टी मजदुरका समस्याहरु, पार्टीका कार्यक्रमहर पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने भएकाले स्वर्गीय जयबहादुर ओडको मृत्युले १८ नम्बर वडामा समेत घाटा बेहोर्नु परेको वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले चिन्ता प्रकट गरेका छन।
