कञ्चनपुर : सुदूरपश्चिम सहित नेपालको पर्यापर्यटन प्रर्बद्धनका लागि गत शुक्रबारदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा संचालन भएको सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) सम्पन्न भएको छ ।
आइतबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) सम्पन्न गरिएको हो । स्थानीय भीमदत्त नगरपालिका सरकार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा तीन दिने पर्यटन महोत्सवमा नेपालका ऐतिहासिक, धार्मिक, पर्या पर्यटकीय स्थलको प्रर्बद्धन, प्रचारप्रसारका लागि फारवेष्टर्न टुरिज्म मार्ट आयोजना गरिएको थियो । महोत्सव आयोजक समितिका संयोजक एव भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले तीन दिने पर्यटन मार्ट समापन गरिएको बताए । उनका अनुसार (नेपाल भारत)का पर्यटन व्यबसायीहरुविच भएको उक्त मार्ट कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्य बारे भारतीय पर्यटन व्यवसायीहरुलाई सुसुचित गराईएको छ । उनले प्रमाण पत्र सहित समापन गरिएको बताए ।

भारतका विभिन्न ठुला शहर दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेश सहितका स्थानका पर्यटन व्यवसायीहरुलाई नेपालका पर्यटकीय स्थलको भरपूर्ण जानकारी गराएर उताबाट पर्यटक भित्र्राउने उदेश्यले कार्यक्रम गर्न लागिएको जनाएका थिए ।
‘दुवै देशका पर्यटन व्यवसायीहरुसंग पर्यटन बृद्धि विकासदेखि नेपालमा कसरी पर्यटन भित्र्राउने बारे विज्ञहरुबाट चुनौती एव सम्भावनाका विषयमा घनिघुत छलफल गरेका छौँ ‘उनले भने, ‘पर्यटन प्रर्बद्धनका लागि हामीले भारतीय पर्यटन व्यवसायीसंग नेपालमा पर्यटक भित्र्राउन प्याकेज बनाउन योजना दिएका छौँ ।’ नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस(नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिहले सुदूरपश्चिम पर्यटकीय गन्तव्यबारे बृतिचित्र प्रस्तुत गर्दै नेपाल र भारतका पर्यटन व्यवसायीविच सुदूरपश्चिमका पर्यटकीय गन्तव्य बारे थप जानकारी हुने भएकाले भारतका पर्यटक नेपालका विभिन्न स्थान र नेपालका पर्यटक सुदूरका पर्यटकीय गन्तव्यमा आउने वातावरण सृजना हुने भएकाले पर्यटन माध्यामबाट आर्थिक बृद्धि विकासमा टेवा पुग्ने बताए । ‘विगतमा पनि हामीले यस्ता कार्यक्रम गरेका थियौँ, ‘उनले भने, ‘यसबाट दुवै देशका पर्यटन व्यवसायीविच थप पर्यटकीय गन्तव्य बारे जानकारी भएर पर्यटनका लागि टेवा पुगेको थियो ।’ कञ्चनपुरका होटल व्यवसायी जगदिशचन्द्र भट्टले बिटुबी विच हुने पर्यटन महोत्सवबाट नेपालका पर्यटकीय गन्तव्य रहेका क्षेत्रमा राम्रो आतिथ्यता स्वागत गर्न सके थप पर्यटन प्रर्बद्धन हुने बताएका थिए ।

सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी माया प्रकास भट्टले पर्यटन विकासका लागि निजी क्षेत्रसंग सहकार्य अपरिहार्य रहेको बताए । भीमदत्त नगरका मेयर पदम बोगटीले कार्यक्रमबाट पर्यटन बृद्धि विकासका लागि टेवा पुग्ने बताए । नेपाल तथा भारतीय पर्यटन व्यवसायीविच छलफलदेखि महाकाली, कर्णालीमा ट्याफटिङ्गदेखि शुक्लाफाँटामा अवलोकन गराईने छ । आइतबार मार्टको समापन गरिने आयोजकले जनाएकोछ । ् पर्यटन तथा नागरिक उड्डायान मन्त्री बन्द्री पाण्डेले मार्टको उद्घाटन गर्दै सुुदूरपश्चिम प्रदेश सहित सिङ्गो नेपालमा धार्मिक, ऐतिहासिक पर्यटकीय गन्तव्य रहेको बताउँदै मन्त्री पाण्डेले सरकारले पर्यटन प्रर्बद्धननका लागि वातावरण तयार गरेपनि निजी क्षेत्रबाट लगानी आवश्यक रहेको औल्याएका थिए ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पर्यटन मार्फत आर्थिक बृद्धि विकासका लागि पर्यटकीय पूर्वाधार विकासदेखिका कार्यक्रम संचालनमा जोडदिएका छन ।

जिसस प्रमुख बोहराले कञ्चनपु्र सहित सुदूरपश्चिम पर्यटकीय गन्तव्य रहेको औल्याएका थिए । सुदूरपश्चिमको पर्यटन विषयमा जानकार राख्ने बरिष्ठ पत्रकार चित्राङ्ग थापाले कार्यक्रमबाट दुवै देशका पर्यटन व्यवसायीविचको आपसी सम्वाद, छलफलबाट थप पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने भएकाले कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका थिए । भारतीय पर्यटक व्यवसायीले नेपालका पर्यटकीय गन्तव्यमा केही दिनमै टुर प्याकेज बनाउने बताएका छन । उनले पश्चिम नेपाल सुदूरपश्चिम पर्यटनका लागि भर्जिन क्षेत्र रहेकाले विस्तारै सुधारोन्मुख हुने बताएका थिए । पहिलो दिन उद्घाटन, कार्यपत्र पं्रस्तुती, दोस्रो दिन महाकालीमा ट्याफटिङ सहित तेस्रो दिन भावि दिनमा पर्यटक भित्र्राउने प्रतिबद्धता सहित समापन गरिएको थियो । कार्यक्रममा नेपाल भारतका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।






