प्रथाजनित कानुन पैरवी सम्बन्धी तीन दिने तालिम शुक्लाफाँटामा सम्पन्न


झलारी : शुक्लाफाँटा नगरपालिकामा आयोजित आदिवासी जनजातीहरुको प्रथाजनित कानुन पैरवी सम्बन्धी तीन दिने तालिम आइतवार सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद शुक्लाफाटाका अध्यक्ष हवलदार चौधरीको सभापतित्वमा सम्पन्न तालिमका प्रमुख अतिथिमा नगर प्रमुख रण बहादुर महरा रहनु भएको थियो ।

नगर प्रमुख महराले प्रथानति कानुनलाई संस्थागत गरी आदिवासी जनजातीको अधिकार सुनिश्चित गरिने बताउनु भयो । विशिष्ट अतिथि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले वरघरले संस्कृति संरक्षणमा जोड दिएको बताउनु भयो । वरघर प्रथालाई शिक्षा संग जोडनु पर्नेमा उहाँको जोड थियो । तालिमका सहभागीहरुलाई प्रशासकिय अधिकृत बिष्टले प्रमाण पत्र वितरण गर्नु भएको थियो । तीन दिन सम्म कानुनविद, थारु प्रथाजनित कार्यक्रमका जानकारहरुले प्रशिक्षण गर्नु भएको थियो । तालिममा नगरपालिकाका १२ वटै वडाका ५२ जना वरघरको सहभागीता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img