रेडियन्ट माध्यमिक विद्यालयमा विद्यालय निर्वाचन सम्पन्न


कञ्चनपुर : कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १५ मा रहेको रेडियन्ट माद्यमिक विद्यालयमा यही बैशाख २६ गते विद्यालय निर्वाचन सम्पन्न भएको छ । शैक्षिक सत्र २०८२ का लागि स्कुल क्याप्टेन र भाइस क्याप्टेन छान्नका लागि उक्त निर्वाचन भएको थियो । स्कुल क्याप्टेनका लागि प्रियङ्का जोशी, जानकी धामी, करुना पाल, निराजन जोशी र दर्शन भण्डारीले उम्मेदवारी दिएका थिए भने स्कुल भाइस क्याप्टेनका लागि पंकज धामी, आयुश विष्ट र आदर्श भण्डारीले उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा कुल २ सय मत खसेकोमा ५४ मत प्राप्त गरी जानकी धामी विजयी भएकी छिन भने करुणा पाल २८ मत सहित दोस्रो र प्रियङ्का जोशी १९ मत सहित तेस्रो स्थान प्राप्त गरेका थिए । त्यस्तै निराजन जोशीले ८ मत र दर्शन भण्डारीले ४ मत प्राप्त गरी क्रमश: चौथो र पाँचौ भएका थिए । स्कुल भाइस क्याप्टेनमा ६७ मत ल्याएर आयुश विष्ट विजयी भएका छन । त्यस्तै निजका प्रतिष्पर्धी पंकज धामीले ५६ मत र आदर्श भण्डारीले २७ मत प्राप्त गरेका थिए ।

नवनियुक्त स्कुल क्याप्टेन जानकी धामी र भाइस क्याप्टेन आयुश विष्टलाई प्रधानाध्यापक सूर्य बहादुर चन्दले खादा र टिका लगाएर पदभार ग्रहण गराउनुभएको थियो । विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्दै आत्म अनुशासन र प्रजातान्त्रिक विधिको अभ्यास गराउनका साथै विद्यालय र विद्यार्थीहरुको हक हितका लागि उक्त निर्वाचन गरिएको प्रधानाध्यापक चन्दले बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img